News

Apr 9, 2011

हङकङमा प्रथम जनआन्दोलन दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली जनसरोकार समाज हङ्गकङ्गले यउमातेई हिन्सको हालमा एक कार्यक्रमको आयोजना गरी प्रथम जनआन्दोलन दिवश मनाएको छ । प्रथम जनआन्दोलन उत्कर्षमा पुगेको दिन २४ चैत्र २०४६ लाई स्मरण गर्दै एनेकपा माओवादिले देशविदेशमा भब्यतम रुपमा पहिलो जनआन्दोलन दिवस मानाई रहेको जनकारी दिदै सचिब किशोर महराले कार्यक्रम सँचालन गरेका थिए । कार्यक्रमका अध्यक्षँता नेपाली जनसरोकार समाज हङ्गकङ्गका नवनिर्वाचित उपाध्यक्षँ धिरेन्द्र राईले गरेका थिए भने प्रमुख अतिथि एनेकपा माओवादि हङ्गकङ्ग जिल्ला सेक्रेटरी पुर्ण लोक्सम थिए । त्यस्तै विषेष अतिथिमा सोहि समितिका वरिष्ठ अध्यक्षँ कृष्ण बहादुर लिँखा वरिष्ठ उपाध्यक्षँ ज्ञानु मेन्याङ्गवो रहेका थिए भने पार्टि सहसचिव पवन बस्नेत समेत कार्यक्रमको उत्तरार्धमा उपस्थित भएका थिए । करीव ३ घण्टा चलेको सो कार्यक्रम वरिष्ठ सदस्य केशव राईको अर्थपूर्ण स्वगत मन्तब्यवाट शुरु भएको थियो । नेपाली आकाशमा पहिलो जनआन्दोलको उत्कर्ष दिन २४ चैत्र २०४६ इतिहासमा सदा स्मरणिय रहने र सोको राप अनि १० वर्षे महान जनयुद्धको जगमा भएको जनआन्दोलनको फलस्वरुप देशमा सामन्ती रँजसँस्थाको देहावशान तथा गणतान्त्रिक नेपालको स्थापना भएको कुरा प्रमुख अतिथि लोक्सोमले स्मरण गराएका थिए । साथै सउथ ब्लकले १९५० को आपसि देशमा खुलेआम बसोबास गर्न पाउने बुँदाको दुरुपयोग गरी जनमत सँग्रह मार्फत नेपाललाई सिक्किमिकरण गर्न्रे सोचमा अघि बढेको र स्वधिनताको मुद्दा प्रतेक नेपालीको प्रमुख मुद्दा बनेको जिकिरपनि गरे ।
वक्ता गोपाल गुरुङ्गले आफ्नो सारगर्भित मन्तब्यमा एकता सँघर्ष अनि रुपान्तरणको प्रकृयावाटनै हङ्गकङ्गमा सँगठनलाई अघिबढाउन पर्न्रे कुरा औल्याएका थिए भने वरिष्ठ उपाध्यक्षँ मेन्याङ्गवोले ३० बर्षे पँचायती व्यवस्थाको अन्त्य गर्नमा प्रथम जनआन्दोलनको भुमिका रहेको कुरा चर्चा गरेका थिए । काउलुन क्षेत्रिय समिति अध्यक्षँ रविन नाल्बो सरोकार समाज कोषाध्यक्ष मान प्रशाद गुरुङ्गले आगामि दिनमा गरीने कार्यनितिका वारेमा सल्लँह दिएका थिए भने वरिष्ठ सदस्य तथा नेपाली जनसरोकार समाज पूर्व कार्यावाहक अध्यक्षँले विगतका अनुभव तथा आगामी दिशानिर्देका वारेमा विष्लेशण गरेका थिए । साथै कार्यक्रम अध्यक्षँ धिरेन्द्र राईले समापनको क्रममा आफ्नो जोशीलो मन्तब्य मार्फत आगामी १४ मा जनसम्विधान जनताको अनिवार्यता रहेकॊ बताएका थिए ।

No comments: