News

Apr 13, 2011

मलेसियामा २० नेपालीद्वारा काम ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालालम्पुर (मलेसिया), चैत्र ३० - मालिकले सम्झौताअनुरूप तलब नदिने बताएपछि यहाँस्थित एक कम्पनीमा कार्यरत नेपालीहरूले काम ठप्प पारिदिएका छन् । बातुपहातस्थित एभरटप गार्मेन्ट कम्पनी मालिकले सम्झौतापत्रमा उल्लेख भएअनुसार तलब 'दिन्न' भनेपछि उनीहरूले काम बहिष्कार गरी ठप्प पारिदिएका हुन् । करिब डेढ सातादेखि उक्त कम्पनीमा कार्यरत उनीहरूलाई मालिकले आइतबार सम्झौताअनुसार तलब दिन नसक्ने बताएको थियो । 'कम्पनी मालिकले सम्झौताअनुरूप न्यूनतम मासिक तलब पनि दिन्न भनेपछि हामी सबै जना आइतबारदेखि नै काम नगरी होस्टलमै बसिरहेका छौं,' फ्युजन इन्टरनेसनल म्यानपावरमार्फत आएका चक्रबहादुर दर्जीले बुधबार टेलिफोनमा भने, 'जब पैसाका लागि पसिना बगाइन्छ भने त्यही नपाएपछि काम गर्नुको कुनै अर्थ छैन । कम्पनीले सम्झौताअनुसारको तलब दिने प्रतिबद्धता नजनाएसम्म हामी काममा र्फकन्नौं ।'

No comments: