News

Apr 5, 2011

मजदुर विवाद मिलाउन बसेको माओवादी बैठक निष्कर्ष बिहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २२ - मजदुरको विवाद समाधान गर्न बसेको माओवादी पदाधिकारीको बैठक बिना निष्कर्ष टुंगिएको छ । पार्टी कार्यलयमा कोटेश्वरमा मंगलबार अपरारन्ह्र बसेको बैठकमा संयोजक तोक्ने बिषयमा कुरा नमिलेको हो । बैठकमा मजदुरहरुको संगठनलाई विघटन गरेर राष्ट्रिय सम्मेलनको आयोजना गर्दा कस्लाई संयोजक बनाउने भन्ने विषयमा विवाद केन्द्रीत भएको थियो । बैठकमा माओवादी नेता मोहन बैद्य पक्षकका मजदुर नेता बद्री बजगाइ र डा. बाबुराम भट्टराई प‌क्षका नेता लालध्वज नेम्वाङ्ले सम्मेलनको संयोजक अध्यक्ष पुष्पकमल दाहाल पक्षका मजदुर नेता शालिकराम जमकटेललाई नबनाउन सुझाव दिएका थिए । सहमति जुट्न नसकेकाले बुधबार पुन: बैठक बस्ने भएको छ । यसअघि माओवादीको स्थायी समिति बैठकले समानान्तर रुपमा रहेको तीन वटै मजदुर संगठन बिघटन गर्दै राष्ट्रिय सम्मेलनको आयोजक समिति बनाउने निर्णय गरेको थियो । बैठकमा माओवादी अध्यक्ष दाहाल, उपाध्यक्षद्वय भट्टराई र बैद्य लगायतका नेताहरु सहभागी थिए । मंगलबारको बैठक मजदुर विवादमा केन्द्रित भएकाले बुधबारको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली बारे छलफल हुने बताइएको छ ।

No comments: