News

Apr 6, 2011

वैशाख २० गते व्यवस्थापिका संसद्मा बजेट पेस गर्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री भरतमोहन अधिकारीले वैशाख २० गते व्यवस्थापिका संसद्मा बजेट पेस गर्ने तयारी गरेका छन् । यससँगै पूरक बजेट ल्याउने सम्भावना टरेको छ । विराटनगरमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री अधिकारीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । अर्थतन्त्र विस्तार गर्दै समष्टिगत परिसूचक सकारात्मक बनाई न्यूनतम ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेर बजेट तयार गर्न मन्त्री अधिकारीले निर्देशन दिएको अर्थमन्त्रालयस्रोतले जनाएको छ । ती समितिलाई वैशाख २० गते बजेट प्रस्तुत गर्न अनुकूल हुनेगरी समयमै सुझाव पेस गर्न निर्देशन दिइएको छ । यसअघि अधिकारीले बजेट वैशाखमा ल्याउने बताए पनि राजनीतिक तहबाट निर्णय नहुँदा बजेट तयारीका सम्बन्धमा मन्त्रालयका कर्मचारी अन्योलमा थिए ।

No comments: