News

Apr 10, 2011

माओवादीले भने बमोजिम सेना समायोजन गर्ने नेपाली सेनाको सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनाका प्रधान सेनापति छत्रमान सिंह गुरुङ अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएको बेला नेपालमा माओवादीले भने बमोजिम सेना समायोजन गर्ने नेपाली सेनाको सहमति सार्बजनिक भएको छ। जसको माओवादीका अध्यक्ष प्रचण्ड लगायतले स्वागत पनि गर्नु भएको छ। सेना, माओवादी लडाकु र प्रहरी मिलाएर छुट्टै फोर्स बनाउने र अत्याधुनिक हतियार उपलब्ध गराउने सो योजना नेपालमा रहेको साम्राज्यवादी अमेरिकाको सहयोगी संस्था कार्टर सेन्टरको भएको रहस्य पनि खुलेको छ। अमेरिका भ्रमणमा रहनु भएका गुरुङलाई केही अमेरिकी सुरक्षा अधिकारीहरुले माओवादीले भने बमोजिम गर्न सुझाब दिएपछि नेपालका सैनिक अधिकारीहरुले एमालेका रक्षा मन्त्रीलाई समेत थाहा नदिई नेपाली सेनाको धारणा सार्बजनिक गरेका थिए। जसप्रति रक्षामन्त्री बिष्णु पौडेलले असन्तुष्ठि पनि ब्यक्त गरिसक्नु भएको छ। प्रधान सेनापति गुरुङ गत मार्च २६ मा अमेरिकाको औपचारिक भ्रमणमा पुग्नु भएको थियो। गुरुङले अमेरिकी सेनाका रथीवृन्दद्वय चार्ल्स एच जाकोबी र विलियम ट्रोइसँग पेन्टागनमा भेटवार्ता गर्नुभएको थियो। सो क्रममा उहाँहरूबीच सैनिक तालिम आदान प्रदान लगायत अन्य आपसी हितका विषयमा समेत छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।प्रधानसेनापति गुरुङ आज चैत २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

No comments: