News

Apr 8, 2011

संवैधानिक समितिको बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक समितिको शुक्रबारको बैठक कुनै एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ । दलित र मुस्लिम सभासदहरुको बिरोधका कारण बैठक स्थगित भएको हो । दलित जनजाति पार्टीका सभासद विसेन्द्र पासवान लगायतले बैठक संचालन हुन नदिने अडान लिएका थिए । समितिको पछिल्लो बैठकहरुमा अल्पसंख्यक समूदयाको हक अधिकारका विषयमा पासवान सहित केही सभासदले संवैधानिक समितिमा चर्को रुपमा आवाज उठाउँदै आएका छन् । पासवानले आफूहरुको अवरोधको कारण बैठक कुनै ऐजेण्डामा प्रवेश गर्न नसकेको बताए । बैठक बस्न नसकेपछि समिति सभापति निलाम्बर आचार्यले आगामी २९ गते सम्मका लागि बैठक स्थगित गरेका थिए । भावि संविधानमा दलित, जनजाति, पिछडा, आदिवासी र मुस्लिम समूदायको हक अधिकार सुनिश्चित हुने प्रतिवद्धता सहितको पत्र संविधानसभाबाट संवैधानिक समितिमा नआएसम्म बैठक बस्न नदिने सभासद पासवानले बताए ।

No comments: