News

Apr 9, 2011

आमहड्तालका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थरुहट स्वायत्त राज्य परिषद्ले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालका कारण आज पनि तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएकॊ छ । सत्तासिन नेकपा एमाले र एकीकृत नेकपा माओवादीले मधेसी जनअधिकार फोरमसँग चैत ९ गते गरेको चार बुँदे सहमतिको विरोधमा परिषद्ले आमहड्तालको घोषणा गरेको हो । आम हड्तालका कारण आज पनि बिहानैबाट कैलाली काचनपुरलगायत तराईका जिल्लाहरुमा यातायात पूर्णरुपमा ठप्प भएको छ । त्यस्तै कलकारखाना उद्योग व्यवसाय बजार लगायत क्षेत्रहरु प्रभावित हुन पुगेका छन् । आमहड्ताका कारण कैलालीको धनगढी बजार पूर्णरुपमा बन्द रहेको छ । यातायातका साधान नचलेपछि नयां वर्ष तथा विष पर्व मनाउन भारतबाट नेपाल आएका सयौ यात्रुहरु धनगढी बसपार्क र कन्चनपुरको महेन्दनगर बसपार्कमा अलपत्र परेका छन् । पूर्णागिरी मेला हेरेर सिद्धनाथको दर्शन गर्न आउने यात्रुहरुले पैदल हिँड्नु परेको छ । आज दोस्रो दिन थरुहटले बन्द थप सशक्त पार्ने बताएको छ । सवारीका साधन नचलेपछि अत्तरियादेखि महेन्द्रनगरसम्म धनगढी टिकापुरसम्म मोटरसाइकलमा यात्रु ओसार्ने काम भइरकेको छ भने पैसा नहुनेहरुले रिक्सा र पैदल हिँडन् बाध्य भएका छन् । तर थरुहटले भने मोटरसाइकल पनि नचल्ने दिने बताएको छ ।

No comments: