News

Apr 12, 2011

वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मतगणना जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २९ - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा अहिले वस्तुगत तथा एसोसिएट कार्यसमिति सदस्यको मतगणना भइरहेको छ । १२ जना छानिने वस्तुगतमा २५ जना मैदानमा छन् भने १६ जना छानिने एसोसिएटमा २६ जनाले उम्मेदवारी दिएका छन् । यसपछि नगर उद्योग वाणिज्य महासंघ र उपाध्यक्षको मतगणना भएपछिमात्र अध्यक्षको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य संघ र १२ अञ्चलमा भने यसअघि नै निर्विरोध भइसकेको छ । दुई अञ्चल सदस्यमा भने मतदान भएको छ । ६१ सदस्यीय कार्यसमितिका लागि १ सय २ जना मैदानमा छन् । यसअघि मंगलबार भएको मतदानमा कुल ५ सय ६९ मतदातामध्ये ५ सय ६६ले मतदान गरेका थिए । अध्यक्षका लागि सुरज वैद्य र आजाद श्रेष्ठ मैदानमा छन् । महासंघमा पहिलोपटक चार उपाध्यक्षसहित प्यानलै खडा भएको हो ।

No comments: