News

Apr 5, 2011

जापानलाई सघाउँदै ज्याकी/नेपालीहरुले पनि गरे सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, चैत्र २२ - विश्वविख्यात सुपरस्टार ज्याकी चेन हङकङेली दर्शकका लागि नयाँ अनुहार होइनन् । शुक्रबार साँझ भिक्टोरिया पार्कमा भेला भएका झन्डै १० हजार दर्शकका लागि भने ज्याकी भिन्नै आकर्षणका पात्र बने । उनी सीमापारि (जापान) को माया दर्साउन कन्सर्ट गरिरहेका थिए । 'लभ बियोन्ड बोर्डस ३/११' कन्सर्ट उनकै सक्रियतामा आयोजित भएको थियो । डेढ सयभन्दा बढी कलाकार सहभागी कन्सर्टको मुख्य आकर्षण उनी नै थिए । हङकङमै स्थायी बसोबास भए पनि सार्वजनिक कार्यक्रमहरूमा विरलै देखिने उनलाई प्रत्यक्ष हेर्नेहरूको घुइँचोमा चिनियाँसँगै अन्य मुलुकका पनि उत्तिकै थिए ।
कुङ्फु मास्टरले जसै एक दर्जनभन्दा बढी कलाकारका साथ स्टेजमा उक्लेर गाउन थाले, हजारौंले बजाएका ताली र सिठीले खुला आकाश गुन्जियो । सयौं क्यामेरा र मोबाइलका फ्ल्यास ज्याकी स्टेजमा रहेसम्म रोकिएनन् । मार्च ११ (३/११) का दिन आएको भूकम्प र सुनामीबाट पीडित जापानी नागरिकहरूका लागि सहयोग जुटाउन कार्यक्रम गरिएको थियो । टेलिभिजन र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको कन्सर्टमा आधा घन्टामै अनलाइनमार्फत ६८ लाख हङकङ डलर जम्मा भयो । कन्सर्ट सकिँदासम्म २ करोड ४० लाख (करिब २२ करोड रुपैयाँ) पुग्यो । कन्सर्टको प्रवेश शुल्क भने २० हङकङ डलर मात्र तोकिएको थियो ।

No comments: