News

Apr 10, 2011

स्थायी गर्नु पर्ने मागगर्दै अस्थायी शिक्षकहरुद्वारा २० घण्टे धर्ना शुरु

अस्थायी शिक्षकहरुले प्रक्रिया पुर्‍याएर आफूहरुलाई स्थायी गर्नु पर्ने माग सहित २० घण्टे धर्ना सुरु गरेका छन्। आज अपरान्ह ३ बजेबाट अस्थायी शिक्षकहरुले शिक्षामन्त्रालय अगाडि २० घण्टे धर्ना सुरु गरेका हुन । धर्ना सोमबार ११ बजेसम्म रहनेछ । धर्नामा करिव तीन सय अस्थायी शिक्षकहरु सहभागी छन् । आफुहरुको माग पुरा गर्ने तर्फ सरकार गम्भीर नभएकाले खुला अकास मुनी २० घण्टे धर्ना बसेको अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष निरेन्द्र कुवँरले जानकारी दिए । २०६३ मंसिर ८ गते भएको सहमति अनुसार प्रक्रिया पुर्‍याएर स्थायी गर्नु पर्ने माग गर्दै अस्थायी शिक्षकहरुले २ महिनादेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।

No comments: