News

Apr 15, 2011

एक युवक विवाह मण्डपबाटै पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टीकापुर, वैशाख २ - सुर्खेत तातापानीका एक युवक विवाह मण्डपबाटै पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट गएको टोलीले बन्दीपुरमा दुलही लिन आएका राजीव चौधरीलाई पक्राउ गरेको हो । कैलाली टीकापुर-८ बन्दीपुरमा जन्ती आएका उनलाई दुलहीकै घरबाट इलाका प्रहरी टीकापुरले शुक्रबार पक्राउ गरेको हो । आफु कुमारी बैंकको मेनेजर भएको भन्दै विभोर बैंकमा जागीर खुवाउने आश्वासनमा उनले टीकापुरको शाहीपुर र सतघरुवाका राजकुमार चौधरी र कन्हैया चौधरीबाट १ लाख ३५ हजार रकम ठगेको तथा विदेश पठाउने नाममा शंकर चौधरीबाट पनि उनले ७० हजार असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

No comments: