News

Apr 13, 2011

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने)विधेयक पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद्ले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन,२०६६ विधेयक पारित गरेको छ। व्यवस्थापिका संसद्को सोमबारको बैठकले सो विधेयक पारित गरेको ९१ औं दिनदेखि र्सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। गत वर्षवैशाख १६ गते संसद्मा पेस गरिएको नीति तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र कानुनमन्त्री प्रेमबहादुर सिंह सुर्ती माफियाहरूको आर्थिक प्रलोभनमा परेका कारण पास हुन नसकेकोमा चौतर्फी आलोचना हुँदै आएको थियो। सोमबार पारित गरिएको सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन,२०६६ विधेयकमा सुर्ती, चुरोट, बिँडी, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ प्याकिङ गर्ने बट्टा खोलको बाहिरी भागको ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थले असर पार्ने चेतावनीमूलक तस्वीर प्रिन्ट गर्नुपर्नेछ।
अन्तरिम संविधान २०६३ अनुसार उपप्रधान तथा स्वास्थ्यमन्त्री कृष्णबहादुर महराको विशेष पहलका कारण विधान समितिलगायतका सदस्यहरूको र्समर्थन जुटाएर नीति पास गरिएको थियो। विगत ९ वर्षअघि तत्कालीन सरकारले विश्व स्वास्थ्य संगठनसामु हस्ताक्षर गरेको प्रतिबद्धता पूरा गर्ने र नेपाली जनताको जनस्वास्थ्यका विषयमा ध्यान दिने मन्त्रीका रूपमा आफूलाई अघि र्सार्न महरा सफल हुनुभएको छ।
सूर्तीजन्य पदार्थको वट्टामा ७५ प्रतिशत ओगट्ने गरी कानुन पारित गर्नेमा दक्षिण एसियामै नेपाल पहिलो मुलुक हो भने विश्वमा दोस्रो मुलुक बनेको छ। उरुग्वेले यसअघि नै ८० प्रतिशत भाग सचेतनामूलक सन्देश अर्थात् सूर्तीजन्य पदार्थको सेवनबाट हुने खतराको संकेत चित्र राख्ने निर्णयगरिसकेको छ।
यो विधेयकको पालना नगरिएमा उत्पादकदेखि, विक्रेता र प्रयोगकर्तालाई समेत दण्ड जरिवानाको व्यवस्था गरिएको छ। कानुन डेढवर्ष ढिलो गरी पारित भएको भए तापनि नमूनाकै रूपमा आएको र जनतालाई यसले निकै राहत दिने विशेषज्ञहरूको ठहर रहेको छ।

No comments: