News

Jun 10, 2008

पेट्रोलियम पदार्थको मुल्य बृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २७ गते मध्य रातीदेखि लागु हुने गरी बृद्धि गरिएको नयाँ मुल्य अनुसार काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय, डिजल ७०, मट्टितेल ६५ र एलपी ग्यास प्रति सिलिण्डर १२ सय रुपियाँ पुगेको छ । 
नेपाल आयल निगमले पेट्रोल, डिजल,मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।जेठ २७ गते मध्य रातीदेखि लागु हुने गरी बृद्धि गरिएको नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय, डिजल ७०, मट्टितेल ६५ र एलपी ग्यास प्रति सिलिण्डर १२ सय रुपियाँ पुगेको छ । तराई र भित्री मधेशका जिल्लामा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर ११ सय ८० कायम गरिएको छ । यस अघि पेट्रोल प्रति लिटर ८०, डिजल ५६ रुपियाँ ५० पैसा, मट्टितेलको ५१ रुपियाँ र एलपी ग्यास प्रति सिलिण्डर ११ सय रुपियाँ थियो ।
नयाँ मुल्य निर्धारण गरेपछि पनि नेपाल आयल निगमलाई मासिक घाटा १ अर्ब ५० करोड रुपैयाँ रहेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले बताए । उनका अनुसार पुरानो मुल्यमा बेच्दा निगमलाई मासिक २ अर्ब ६२ करोड रुपैयाँ घाटा थियो ।
सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा समेत कटौती गरेको छ । जस अनुसार प्रति किलोलिटर पेट्रोलमा १४ हजार ७ सय ५० रुपियाँ कर लिने गरिएकोमा १४ हजार, डिजलमा २१ सय रुपियाँ लिने गरिएकोमा १६ सय र मट्टितेलमा १३ सय रुपैयाँ लिने गरिएकोमा १ हजार बनाइएको छ । खाना पकाउने ग्यासमा लिँदै आएको ६ दशमलब ७५ प्रतिशत करलाई ४ प्रतिशतमा झारिएको छ ।
यस अघि लिँदै आएको १ दशमलब ५ प्रतिशत स्थानीय विकास करलाई पनि १ प्रतिशतमा झारिएको छ ।यसैगरी जेठ २७ गते बसेको मन्त्री परिषद राजनीतिक समितिको वैठकले निजी क्षेत्रले पनि पेट्रोलियम पदार्थ आयात गरी बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ ।

No comments: