News

Jun 27, 2008

प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधायिका संसदको बैठकमा प्रधानमन्त्रीको पदबाट विहीवार राजीनामा दिएको घोषणा गरेका छन्। माओवादी पार्टीले प्रम कोइरालालाई राजीनामा दिई जनमतको कदर गर्न बारम्बार आग्रह गर्दै आईरहेको बेला कोइरालाले आज बिहीवार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। नयाँ सरकार बनाउन जारी रहेको राजीतिक गतिरोधसंगै प्रधानमन्त्री कोइरालाले आफूले राजीनामा दिने ठाउं नपाएको बताउंदै आएका थिए। संबिधान अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गर्ने प्रावधान रहेको भएपनि राष्ट्रपति चयन हुन सकिरहेको छैन।बैठकमा प्रधानमन्त्री कोइरालाले संबैधानिक प्रावधान अनुसार राजीनामा गर्ने प्रतिवद्धता गर्छु भन्दै राजीनामाको घोषणा गरेका थिए। प्रम कोइरालाले सहमतिको राजनीति हराउन लागेकोमा चिन्ता व्यक्त गरेका थिए। कोइरालाले आफूलाई माइनस गरेपनि सहमतिको बाटोलाई माइनस नगर्न आग्रह गरेका थिए। राजीनामाको घोषणापछि प्रम कोइरालाले अब आफू काम चलाउ प्रधानमन्त्री मात्र रहेको बताए। प्रम कोइरालाको करीव ४ मिनेट लामो लिखित वक्तव्यलाई शान्ति तथा पुनर्स्थापना मन्त्री रामचन्द्र पौडेले वाचन गरेर सुनाएका थिए। प्रधानमन्त्री कोइरालाको औपचारिक राजीनामा अब बन्ने राष्ट्रपति समक्ष पेश गराईने छ भने राष्ट्रपति को बन्ने भन्ने विषयमा दलहरुबीच अहिलेसम्म सहमति हुन सकेको छैन।

No comments: