News

Jun 12, 2008

माओवादी मन्त्रीहरुद्वारा राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीका ५ मन्त्री र २ राज्यमन्त्रीसहित ७ जनाले आज संयुक्तरुपमा पार्टी अध्यक्ष प्रचण्डसमक्ष राजीनामा दिएका छन्। माओवादीका मन्त्रीहरुले नयाँ सरकार गठन गर्न दबावस्वरुप राजीनामा दिएको माओवादी नेता तथा बनमन्त्री मातृका यादवले बताउनुभयो। नयाँ जनादेश अनुसार नयाँ सरकार बनाउन पाउने विश्वव्यापी मान्यता स्थापित गराउन आफूहरुले राजीनामा दिएको नेता यादवले जानकारी दिनुभयो। मन्त्रीहरुद्वारा दिइएको राजीनामालाई पार्टीका अध्यक्ष प्रचण्डले कहिले वर्तमान सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष बुझाउने हुन् त्यस विषयमा कुनै जानकारी भने दिनुभएन। त्यसैगरी, माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी मन्त्रीहरुको राजीनामा सरकार छाड्न नभै नयाँ सरकार निर्माणका लागि राजीनामा दिएको बताउनुभयो। उहाँले असार ४ गते माओवादीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबीसमेत गर्नुभयो।

No comments: