News

Jun 20, 2008

राष्ट्रपति एमालेलाई, कार्यकारी प्रधानमन्त्री माओवादीलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादी र एमालेबीच आज ठमेलस्थित होटल बैशालीमा भएको छलफलमा राष्ट्रपति पद एमालेलाई, कार्यकारी प्रधानमन्त्री माओवादीलाई र संबिधानसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति भएको छ। आज दिउंसो राजनीति सहमतिका लागि बालुवाटारमा बस्न लागेको बैठकअघि दुई दलबीच बैशाली होटलमा छलफल भएको हो। नेकपा माओवादी र एमालेबीच भएको छलफल र सहमतिका बूंदाहरुलाई दिउंसो हुने कांग्रेससहितको बैठकमा प्रस्तुत गर्ने भएका छन्। यद्यपि छलफलमा सहभागी नेताहरुले दुई दलबीचको सहमतिलाई बाहिर सञ्चारकर्मीहरुलाई बताउन चाहेनन्। बैठकमा छलफलका लागि प्रचण्ड, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, अमृतकुमार बोहरालगायतका नेताहरुको सहभागीता रहेको थियो।
माओवादीले राष्ट्रपति कांग्रेस र एमाललाई कुनै हालतमा नदिने भएपछि राजनीतिक गतिरोध उत्पन्न भएको थियो। पछिल्लो चरणमा माओवादीले एमाललाई राष्ट्रपति पद दिइने प्रलोभन दिएपछि भने एमाले र माओवादीबीच न्यानोपन बढ्दै गएको छ। माओवादीले यसअघि एमालेको तर्फबाट साहना प्रधानलाई राष्ट्रपतिमा स्वीकार गर्न सकिने कुराहरु बाहिर आएपछि नेकपा एमाले उत्साहित बनेको थियो। एमालेलाई राष्ट्रपति दिन तयार बनेको माओवादीको सकारात्मक पहल आएका कारण एमालेभित्र राष्ट्रपतिका लागि उपयुक्त नेताको खोजी भै रहेको बताइन्छ। स्रोतका अनुसार एमालेभित्र साहना प्रधानभन्दा पूर्व महासचिव माधवकुमार नेपाल राष्ट्रपति पदका लागि उपयुक्त हुने धारणा बताएका छन्।उता नेकाले राष्ट्रपति पद आफ्नो पार्टीले नपाए प्रतिपक्षमा बस्ने बताउंन थालेको छ। नेकपा माओवादी र एमालेबीच आज भएको छलफललाई नेकासहितका अन्य दलले कसरी हेर्न हुन् त्यसका लागि दिउंसो हुन लागेको बैठकको निर्णय प्रतिक्षा गर्नु पर्ने भएको छ।

No comments: