News

Jun 29, 2008

परिभाषा विवाद सात दल बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सरकारले गत फागुनमा गरेको सहमतिका दुइ बुँदा स्वायत्त मधेस प्रदेश र सेनामा समूहगत प्रवेशको परिभाषामा सात दलबीच विवाद भएपछि शनिबार राजनीतिक गतिरोध टुंगिन सकेन। मधेसवादी दलको विरोधका कारण संविधानसभा बैठक पनि अवरुद्ध भयो।सरकारको तर्फाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाका तर्फाट मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव, तर्राई-मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेको सहमतिमा मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने’ उल्लेख छ।सहमतिमा उल्लेख भएको स्वायत्त मधेस प्रदेशको परिभाषामा सबैमा एकरूपता हुनुपर्छ, सात दलले एउटा परिभाषा गर्ने र मधेसी दलहरूले एउटा परिभाषा गर्ने स्थिति नआओस् भन्ने हाम्रो अडान हो’ -एमाले महासचिव झलनाथ खनालले भन्नुभयो।तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डको समेत उपस्थितिमा भएको सहमतिको परिभाषामा विवाद उत्पन्न भएपछि सातदलीय बैठक बिनानिष्कर्षटुंगिएको थियो। बैठकमा सातै दलले एक मधेस एक प्रदेशको परिभाषा मधेसवादी दलहरूले गरेमा अस्वीकार गर्ने विषयमा भने सबै एकमत भएका थिए।स्वायत्त मधेस प्रदेशको परिभाषामा एकरूपता हुनुपर्ने अडानमा एमाले रहेको थियो भने नेपाली कांग्रेस सरकारले गरेको राजनीतिक सहमति पालना हुनुपर्ने अडानमा थियो।सात दलको बैठकमा मोर्चा र सरकारबीच वार्ता गराउन भूमिका खेलेका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सहमतिका बुँदाको व्याख्या गर्नुभएको थियो तर एमालेले प्रमुख रूपमा असहमति जनाएपछि मधेसवादी दलहरूसँग छलफल गर्ने भन्दै सातदलीय बैठक स्थगित गरिएको थियो।सातदलीय बैठक जारी रहँदा मधेसवादी दलहरू भने प्रधानमन्त्री कोइरालाले दिएको आश्वासनअनुसार सात दलबीचमा सहमति हुने र मधेसवादी दलसँग परामर्श गरी संविधान संशोधन पूरक विधेयक ल्याउने विश्वासमा संविधानसभा स्थलमा प्रतीक्षारत थिए।

No comments: