News

Jun 28, 2008

साहसी कमललाई वीर गणेशमान सम्मान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेती नदी खोँचमा खसेकी साढे दुर्इ वर्षीया बालिका आराधनालाई बीस घण्टापछि सकुशल उद्धार गर्ने बाह्रवर्षे बालक कमल नेपालीको साहस र बहादुरीका लागि 'वर्षको बालकको उपाधि' सहित उनलाई वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कारद्वारा सम्मान गरिने भएको छ ।एउटी बालिकको जीवनरक्षाका लागि अर्को बालकले आफ्नो जीवनलाई नै जोखिममा राखेर होसियारी, बुद्धिमानी एवम् साहसिक भएर गरेको उद्धारको प्रशंसा गर्दै वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार कोषले बालक कमललाई पुरस्कारद्वारा सम्मान गर्ने घोषणा गरेको हो ।आगामी चैत २६ गते जनआन्दोलन दिवसका अवसरमा बहादुर बालक कमललाई २५ हजार राशिको सो पुरस्कार एवम् वर्ष बालक-२०६५ को उपाधिद्वारा सम्मान गरिने कोषले जनाएको छ । कोषले उद्धार गरिएकी बालिका आराधनाको शीघ्र स्वास्थ्यलाभका साथै बहादुर बालक कमल र बालिका आराधनाको उज्ज्वल भविष्यको कामना पनि गरेको छ ।कोषले साहस र प्रतिभाका धनी बालबालिकाको नाम हरेक वर्ष गणेशमान सिंहको जन्मतिथि भाइटीकाको भोलिपल्टका दिन घोषणा गरेर जनआन्दोलन दिवसका दिन पुरस्कृत एवम् सम्मान गर्दै आएता पनि बालक कमलको साहसले अर्को बालिकाको जीवनरक्षा भएको बहादुरीपूर्ण एवम् साहसिक कार्यबाट हर्षित भएर बहादुर बालक कमललाई सो समयअगावै पुरस्कृत एव्म सम्मान गर्ने घोषणा गरिएको जनाएको छ ।

No comments: