News

Jun 11, 2008

संविधानसभाको तेश्रो बैठक सवा दुई घण्टा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दलहरुबीच राजनीतिक सहमति नबनेका कारण संविधानसभाको बैठक सामान्य निर्णयहरु गर्दै सकिएको छ । संविधानसभाको तेश्रो बैठक सवा दुई घण्टा चलेर सकिएको छ । जेठ २९ गते दिउँसो साढे ११ बजे सुरु भएको बैठकले संविधानसभा संचालनबारे अध्यक्षलाई सुझाव दिने कार्यब्यवस्था परामर्श समिति बनायो तथा दुई क्षेत्रबाट संविधानसभामा जित्नेहरुले एक क्षेत्रबाट दिएको राजीनामाको औपचारिक जानकारी सुनाइयो । आजको बैठकको अध्यक्षता संविधानसभाका दोश्रो जेष्ठ सदस्य केबी गुरुङले गरेका थिए तथा उनको अनुपस्थितिमा बैठकको अध्यक्षता केहीबेर राधा ज्ञवालीले पनि गरेकी थिइन् । आजको बैठकमा संविधानसभामा रहेका २५ दलका प्रतिनिधिले बोलेका थिए । बैठकमा बोल्ने सभासदले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध गर्नुसँगै शक्ति बाँडफाँडमा दलहरु अलमलिएका कारण संविधान निर्माणमा प्रवेश गर्न नसकिएको धारणा राखेका थिए । संविधानसभाको अर्को बैठक असार ४ गते हुनेछ ।

No comments: