News

Jun 27, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मचको - प्रेस विज्ञप्ती


संविधानसभाको बैठकमा नेपालको अन्तरिम संविधान २०६३ लाई पाँचौं पटक संशोधन गर्न बनेको विधेयक पेश भएपछि हाम्रो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मचको ध्यान आकृष्ट भएको छ । संघीय लोकतानित्रक राष्ट्रिय मचसहित तत्कालीलन आन्दोलनको लागि गठित संघीय गणतान्त्रिक राष्टिय मोर्चाको तर्फाट २०६४ फागुन १८ गते नेपाल सरकारसंग पाँच बुदे सहमतिभएको थियो । हामीले उक्त सहमतिको तत्कालै संवैधानिक सुनिशिचतता गर्न माग गरेका थियौं । तर, वार्ताको समयमा संविधान सभा निर्वाचनको मिति नजीक आएकोले अनतरिम संविधान संशोधन गरी संवैधानिक सुनिशितता गर्न नसकिने सरकारी जवाफ आएपछि संविधान सभाको निर्वाचनपछि गठित संविधान सभाबाट यो पाँच बुँदे 'सहमतिको संवैधानिक व्यवस्था गरिनेछ' भनी सहमति भएको थियो । यसै बमोजिम अहिले पेश भएको संविधान संशोधन गर्न बनेको विधेयक नेपाल सरकार र हामीबीच भएको सहमति अनुसारको संशोधन प्रस्ताव नभएकोले उक्त विधेयक फिर्ता लिई सहमति अनुसार अन्तरिम संविधानको पाँचौं संशोधन विधेयक ल्याउन हुन आग्रह गर्दछौं । अन्यथा, पुनः लिम्बुवान, खम्बुवान, तामाङसालीङ र थरुहटमा चरणवद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुनैछौं ।
धन्यवाद !
.............................
का. वा. महासचिव
खगेन्द्र माखिम

मितिः २०६५।०३।१२

No comments: