News

Jun 13, 2008

पूर्वमा लडाकू दस्ता, शिक्षकलाई राजीनामा दिन दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी पहाडी जिल्लामा आतंक मच्याउँदै आएको किराँत वर्कर्स पार्टी कार्यकर्ता प्रहरी चौकीमा आक्रमण गर्नेदेखि लुटपाट र आतंक मच्याउँदै आएको छ । सोही क्रममा खोटाङ जिल्लाका सबै शिक्षक र प्रधानाध्यापकहरूलाई राजीनामा दिन दबाब दिएको समाचार छ । सो पार्टी बुधबारदेखि जिल्लाका विभिन्न ठाउँमा राजीनामा दिनुपर्ने, नक्कली र्सर्टिफिकेट पेस गरेर जागिर खाएका सुरकी शिक्षक होसियार बाहुनवाद मुर्दावाद लेखिएका पर्चा, पम्प्लेट छरेको प्रहरीले जनाएको छ । सो किराँत वर्कर्स पार्टी खोटाङमा आधा दर्जन गाविस भवनमा आगजनी गरी प्रहरी चौकीमा आक्रमण गर्दै आएका छन् । खोटाङवासी जनताले तत्काल सो पार्टीलाई वार्तामा बोलाएर समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
उता, गत मंगलबार वड्का दियालोस्थित थामखर्क विमानस्थलमा प्रहरीसँग भएको भिडन्तपछि खोटाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने लुटिएको केही हतियार फेला परेको बताइएको छ । भिडन्तबाट लुटिएको एक थान थ्रीनट थ्री राइफल र त्यसको ५ राउन्ड गोली मफुवा जंगलमा सेउलाले छोपेर राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । सो घटनामा प्रहरीको ५० राउन्ड गोलीसमेत लुटिएको थियो ।

No comments: