News

Jun 15, 2008

यात्रु प्रतीक्षालयमा बम विस्फोट गराउँदा २ जनाको मृत्यु १५ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तर्राई आर्मीले शनिबार महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरस्थित बसपार्कको यात्रु प्रतीक्षालयमा बम विस्फोट गराउँदा २ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्। बम विस्फोटबाट भारत रजौली जयनगर निवासी लीलादेवी कायस्थको सनाखत भएको छ भने अर्का एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुवैको वीरगन्जमा उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो। घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेका छन्। घाइतेमध्ये एक भारतीय नागरिकसहित ७ जनाको अवस्था चिन्ताजनक छ। घाइतेमध्ये रोशन चौधरी, भारतको रजौलीका निला कुमारी, रौतहटको पतौरा गाविसका दोरगाप्रसाद साह, चन्द्रनिगाहपुरका चन्द्र पौडेललगायत सात जनाको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि वीरगन्ज पठाएको प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए। बम विस्फोटमा पानी परिरहेकाले ओत लागेका र्सवसाधारण र बसको प्रतीक्षामा बसिरहेका यात्रुहरू परेका थिए। तर्राई आर्मीले असार १ गतेदेखि ५ गतेसम्म महेन्द्र राजमार्ग बन्दको घोषणा गरेको र त्यसैलाई सफल बनाउन बम विस्फोट गराएको हुन सक्ने अड्कल गरिएको छ।बम विस्फोटको जिम्मा तर्राई आर्मीका नाइके मिस्टर जोनले लिएका छन्।तर्राई आर्मीले गहुँको बोरामा घडीसहित राखेको टाइम बम साँझ पौने सात बजे विस्फोट भएको थियो। घाइतेमध्ये एक जनाको नाम खुल्न नसकेको र उनको खुटा चुँडिएको छ भने बाँकीको टाउको, खुटा, आँखामा चोट लागेको प्राथमिक स्वास्थ्य उपचार केन्द्र चन्द्रनिगाहपुरमा उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। घाइतेमा रमा जैसवाल, मुन्ना जैसवाल, अस्मिता कुमारी, रेखा बराल, पौर्राईका ज्ञानविक्रम विक, देवी बुढाथोकी, महेन्द्रनगर धनुषाका बालकुमार चौधरी र उनका चार नाबालक छोरालगायत छन्।

No comments: