News

Jun 27, 2008

अर्का नेपालीलाई मृत्युदण्डको फैसला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुवेतमा नेपाली चेली डोल्मा शेर्पालाई मृत्युदण्डको सजाय सुनाएको फैसलाको चर्चा सेलाउन नपाउदैं अर्का एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ। सिरहा, बेलाहा- ७ निवासी चन्द्रशेखर यादवलाई इन्डोनेसियाली युवतीलाई बलत्कारपछि हत्या गरेको अभियोगमा दुइ वर्षअघि कतारको तल्लो अदालतले मृत्युदण्ड सुनाएकोमा पुनरावेदन अदालतले बुधवार सजायलाई सदर गरेको छ। पुनरावेदन अदालतले नेपाली नागरिक यादवसंगै दुई भारतीय नागरिक ओनिकृष्ण मुधा र मसगलत सिदरनलाई समेत मृत्युदण्ड दिने निर्णय गरेको छ। सोही अभियोगमा पक्राउ परेका अर्का नेपाली बुद्धिमान गुरुङ भने जेल सजाय भुक्तान गरेर नेपाल फर्किसकेका छन्।२००३ मा एक इन्डोनेसियाली युवतीलाई सामूहिक बलत्कारपछि हत्या गरिएको अभियोगमा तिनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो। नेपाली दूतावासले यादवको जीवन रक्षाका लागि प्रयाश भै रहेको जनाएको छ भने स्थानीय नेपाली समुदायले करीव ३० हजार रियाल आर्थिक सहयोग जुर्टाई सकेको छ। यादवको मुद्दा सर्वोच्च अदालतमा लाने तयारी भै रहेको छ। दूतावासले यादवको मुद्दा हेर्न कतार मूलका वकिल मोना अव्देल रहिमलाई नियुक्त गरिसकेको छ।

No comments: