News

Jun 14, 2008

पूर्वराजा ज्ञानेन्द्रले सरकारसँग दुइवटा भवन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन दिनअघि नारायणहिटी दरबार छाडेका पूर्वराजा ज्ञानेन्द्रले सरकारसँग दुइवटा भवन माग गरेका छन्। नागार्जुन दरबार बस्न पुगेका पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नका लागि भवनको अभाव देखाउँदै स्वर्गीय राजा वीरेन्द्र बस्ने गरेको नारायणहिटी दरबारस्थित श्रीसदन र पूजाघर माग गरेका हुन्।स्व. वीरेन्द्रको मनपर्ने श्रीसदन माग गर्न ज्ञानेन्द्रका पूवमुख्यसचिव पशुपतिभक्त महर्जन लागिपरेका छन्’ -दरबारस्रोतले नेपाल समाचारपत्रसँग भन्यो।दरबारले आज शनिबार स्व. राजा वीरेन्द्रको वाषिर्क श्राद्ध नारायणहिटीस्थित पूजाघरभित्रै गर्ने भएको छ।श्राद्धको तयारी गरिरहँदा सरकारद्वारा दरबार हेन तोकिएका सचिव डा. रामहरि अर्यालले शुक्रबार श्राद्धको सम्पर्ण पूजासामग्री निरीक्षण गरेका थिए।दिउँसो लगत समितिका सदस्यसहित दरबार निरीक्षण गर्न पुगेका सचिव डा.अर्यालले रत्न बस्दै आएको नारायणहिटी दरबारभित्रको महेन्द्र मन्जिल, हजुरआमा सरला गोर्खाली बस्ने बर्म्बई चोकस्थित घर, त्रिशूल सदन, सचिवालय, बैठककक्ष, पुस्तकालयलगायत सम्पर्ण भवन र कोठा निरीक्षण गरेका थिए।यसैबीच स्व. राजा वीरेन्द्रका पुत्रद्वय स्व. दीपेन्द्र र नीराजन एवम् पुत्री स्व. श्रुतिले बाल्यकालमा प्रयोग गर्ने खेलौना गाडी लिन निर्मलनिवासबाट पारसपत्नी हिमानी नारायणहिटी पुगेको बताइएको छ। बिहीबार बेलुका अंगरक्षकसहित नारायणहिटी पुगेकी हिमानीले साना ठूला गरी चारवटा खेलौना गाडी लिने प्रयास गरेकी थिइन्।श्रीसदनमा राखिएका ती खेलौना दरबारभित्र रहेको सवारीसाधन विभागले दिन इन्कार गरेको थियो।

No comments: