News

Jun 27, 2008

मधेशवादी दल र माओवादीबीच छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार मधेशवादी दलबीच भएका सम्झौतालाई संविधान संशोधनमा समेटनुपर्नेबारे मधेशवादी दल र माओवादीबीच छलफल भएको छ । बिधायिका संसदको असार १२ गतेको बैठक अवरुद्ध पारेका मधेशवादी दल र सरकारको नेतृत्व गर्नलागिरहेको माओवादीबीच मधेश मुद्धामा छलफल भएको छ । असार १३ गते सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयमा भएको छलफलपछि सदभावना महतोका अध्यक्ष राजेन्द्र महतोले गत फागुन १६ गते सरकार र मधेशवादी दलबीच भएको सम्झौताको २ र ५ नम्बरको बुँदालाई संविधान संशोधनमा समावेश गर्नुपर्ने माग आफूहरुले माओवादीसँग राखेको जानकारी दिए । सम्झौताको २ नम्बर बुँदामा प्रदेशहरु पूर्ण स्वायत्त र अधिकार सम्पन्न हुनेछन् भन्ने छ भने ५ नम्बर बुँदामा नेपाली सेनालाई समावेशी बनाउन मधेशी तथा अन्य पिछडिएका समुदायलाई समूहगत प्रवेश गराउने बिषय उल्लेख छ । सिंहदरवारमा उपस्थित संचारकर्मीसँग महतोले संविधान संशोधनमा उल्लेखित बिषय समावेश भएपछि मात्र संसद चल्नसक्ने बताए । दुई पक्षीय छलफलबारे माओवादी नेताहरुले भने कुनै प्रतिक्रिया दिएनन् । यद्यपि, माओवादी अध्यक्ष पुष्पकमल दाहालले आजै बिहान एक मधेश एक प्रदेशको माग स्विकार्न नसकिने बताइसकेका छन् । महतोले आजै नेपाली कांग्रेस र एमालेसँग पनि छलफल हुने जानकारी दिए।

No comments: