News

Jun 14, 2008

कोइरालालाई कुनै हालतमा राष्ट्रपति स्विकार्न नसकिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मुलुकको राष्ट्रपति स्विकार्नै नसक्ने बिचार माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले राखेका छन् । माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई मुलुकको राष्ट्रपति कुनै हालतमा स्विकार्न नसकिने बताएका छन् । जेठ ३२ गते नेपाल युवा समाज नामको संस्थाले भोजपुरबाट प्रतिनिधित्व गर्ने संविधानसभा सदस्यहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै बादलले राष्ट्रपति चयन नै अहिलेको प्रमुख बिबाद रहेको तथा राष्ट्रपतिमा कोइरालालाई मात्र नभएर नेपाली कांग्रेसका कोही नेतालाई स्विकार्न नसकिने उल्लेख गरे । असार ४ गतेसम्म दलहरुबीच राजनीतिक सहमति नबने आफ्नो पार्टी जनतामा जाने पनि कार्यक्रममा बादलले चेतावनी दिए । कार्यक्रममा बोल्दै बादलले असार ४ गतेसम्म दलहरुबीच राजनीतिक सहमति नबने सरकारबाट आफ्नो पार्टी हट्ने तथा नेपाली कांग्रेसलाई मुलुकको नेतृत्व गर्न दिने धारणा राखे । मुलुकमा अझै बिहारी गणतन्त्र आउने कि वास्ताविक गणतन्त्र आउने भन्ने छिनोफानो नभइसकेको पनि बादलको भनाइ थियो । राजतन्त्र हटे पनि अन्तराष्ट्रिय दवाव जारी रहेको र त्यसो भएसम्म वास्तविक गणतन्त्र आउन कठिन हुने उनले कार्यक्रममा उल्लेख गरे ।

No comments: