News

Jun 11, 2008

प्रचण्डलाई भारतीय माओवादीको गुरुमन्त्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युद्धकालमा सहकार्य गरेको माओवादीलाई भारतीय माओवादीले सत्तामा नबस्न आग्रह गरेको समाचार छ । नेपाली माओवादी निर्वाचनबाट ठूलो दल भएपछि सत्ता राजनीतिमा होमिएको बेला हिजोका दिनमा आन्दोलन गर्दा सहकार्य गरेका भारतीय माओवादीले नेपाली माओवादीलाई त्यस्तो सन्देश पठाएको बुझिएको छ ।
भारतीय माओवादीका प्रवक्ता चन्द्रशेखर आजादले संयुक्त नयाँ सरकारमा गएर नेपाली माओवादीले आफ्ना परिवर्तनकारी एजेन्डा कार्यान्वयन गर्न सम्भव नभएको भन्दै सबैखाले आन्दोलन जारी राख्न आग्रह गरेको छ । माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति वा प्रधानमन्त्री बन्नभन्दा वर्गसंघर्षमा केन्द्रित हुन सुझाव दिएको भारतीय माओवादीले पार्टीलाई जनताबीच लैजान वर्गसंघर्षमा केन्द्रित हुनुपर्ने बताएको छ । उनीहरूले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न प्रतिक्रियावादीसँगको संयुक्त सरकार बन्धक हुने निष्कर्षनिकालेको छ । अहिलेको सरकार बन्ने संयुक्त शक्ति संरचनालाई अंकित गर्दै भारतीय माओवादीले 'प्रतिक्रियावादी सामन्ती कांग्रेस' र प्रजातान्त्रिक समाजवादी एमालेसँग भरपर्दा नेपाली माओवादीको क्रान्तिकारी प्रतिबद्धतामा ठेस पुग्ने ठहर गरेको छ ।
सुझाव दिने क्रममा नेपालमा माओवादीले साम्यवादी सत्ता कब्जा नगरेसम्म सशस्त्र संघर्ष जारी राख्नुपर्ने बताएका छन् । भारतीय माओवादी प्रवक्ता आजादले वाईसीएलको प्रशंसा गर्दै माओवादीले वाईसीएलको संरचना नविगार्न पनि आग्रह गरेको छ ।नेपाली माओवादी सरकारमा भए पनि भारतीय माओवादीको सिकम्पोसा र अन्तराष्ट्रिय माओवादी संगठनसँग सम्बन्ध कायमै रहेको खुलासा गर्दै मधेसी जनअधिकार फोरमसँग सचेत रहन पनि आग्रह गरेको छ । भारतीय माओवादीले नेपालको माओवादीको नेतृत्वमा बन्ने सरकारलाई आफ्नो लाइनमा ल्याउन फोरमका यादवलाई प्रयोग हुन सक्ने विषयलाई ध्यानमा राखी आर्थिक खाद्य र औद्योगिक आपूर्तिमा रोक लगाउन सक्नेतर्फपनि सजक गराएका छन् । भारतीय माओवादीको भए भनाइले नेपाली माओवादी सरकारको नेतृत्व गर्न खोज्ने क्रममा पनि अन्तराष्ट्रिय माओवादी सञ्जालसँग उत्तिकै सर्म्पर्कमा आउने अनुमानलाई बल मिलेको छ ।

No comments: