News

Jun 20, 2008

सरकारको २५ प्रतिशत भाडावृद्धि गर्ने निर्णय विरोधमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले र्सार्वजनिक यातायातका साधनमा २५ प्रतिशत भाडावृद्धि गर्ने निर्णय विरोधमा यातायात व्यवसायीले बिहानैदेखि राजधानीको विभिन्न स्थानमा सडक अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले गरेको एकतर्फी भाडा वृद्धि आफूहरूको हित विपरीत भएको भन्दै आज बिहानैदेखि राजधानीका चाबहिल, बौद्ध, कोटेश्वर, महाराजगञ्जलगायतका स्थानका सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारले गरेको २५ प्रतिशत भाडा वृद्धिले आफूहरुको खर्च समायोजन नहुने र त्यसमाथि पनि विद्यार्थीलाई ४३ प्रतिशत छुट दिन नसकिने भन्दै बिहीबार भएको सरकारी निर्णय विरुद्ध उत्रिएका हुन् ।
उता, विद्यार्थीले पनि ४३ प्रतिशतलाई नमान्दै ५० प्रतिशतकै पूव मागमा अडान लिएका छन् । सवारी भाडादरमा ५० प्रतिशत छुटलगायत पेट्रोलियम पदार्थमा समेत सहुलियत पाउनुपर्ने माग राख्दै आज बिहान पनि विद्यार्थीले विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरिरहेका छन् ।
एमाले र्समर्थक अनेरास्ववियुले आज बिहान एक घन्टा र नेवि संघले आधा घन्टा चक्काजाम गरेको छ । चक्काजामका क्रममा चाबहिलमा एउटा दुग्धविकास संस्थानको गाडी तोडफोड भएको छ भने त्रिचन्द्र क्याम्पस अगाडि एउटा ट्याम्पुमाथि क्षति पुर्‍याइएको छ । विद्यार्थी तोडफोडमा उत्रिएपछि केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बुझिएको छ । झडपमा केही घाइते भएका छन् । ठाउँठाउँमा टायर बालेर सडक अवरुद्ध गरेका कारण राजधानीको सवारी आगागमन अस्तव्यस्त बनेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँग भाडा समायोजन र सहुलियतका विषयमा देशव्यापी रुपमा आन्दोलन सुरु भएको छ । आन्दोलनको प्रभाव पूर्वी नेपालमा बढी भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
सरकारले गरेको भाडा वृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी संघ संगठनले आयोजना गरेको सरकारी सवारी साधन गुड्न नदिने कार्यक्रमअर्न्तर्गत हिजो केही सरकारी गाडी तोडफोड भएका छन् । सोही क्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश केदारप्रसाद गिरी चढेको गाडी पनि तोडफोड भएको छ । प्रधानन्यायाधीश निवासबाट कार्यालयतर्फजाने क्रममा हिजो बिहान ११ बजेतिर बा१झ ६३८६ नम्बरको गाडी पुतलीसडकमा प्रदर्शनकारीले तोडफोड गरेका थिए ।
त्यसैगरी एक प्रहरीका अधिकृत चढेको ना१झ ८३३ नम्बरको गाडी पनि विद्यार्थीले लगाएको आगोबाट ध्वस्त भएको छ । एसएसपी विश्वभाषामा अंग्रेजी जाँच दिन चढेर आएको गाडीमा आगो लागेको थियो । विद्यार्थीले गरेको हड्तालबाट हिजो दिनभर राजधानीको यातायात प्रभावित भएको थियो ।

No comments: