News

Jun 28, 2008

कामचलाउ सरकार गठनका लागि गृहकार्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकमा कामचलाउ सरकार रहेको अवस्थामा प्रमुख दलहरु नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बिहीबारको व्यवस्थापिका संविधानसभामा पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । प्रधानमन्त्रीले दिएको राजीनामा राजनीतिक रुपमा भएको र अब राष्ट्रपतिको चयनपछि वैधानिक रुपमा राजीनामा स्वीकृत हुने जनाइएको छ ।प्रधानमन्त्री कोइरालाले राजीनामा घोषणासँगै ठूलो दलको नाताले नयाँ सरकार गठन गर्न माओवादीलाई आह्वा न समेत गर्नुभएको थियो । उहाँको राजीनामा घोषणापछि नयाँ सरकार गठनका लागि माओवादी र एमालेबीच शुक्रबार छलफल भएको छ । यी दुइ दलबीच आपसमा छलफलका साथै पार्टीभित्र आन्तरिक छलफल समेत भइरहेको छ ।एमालेको केन्द्रिय कमिटी अनि स्थायी समितिको वैठकमा शुक्रबारै नयाँ सरकार र शक्ति बाँडफाँडका सम्बन्धमा छलफल हुने भएको छ । यसैगरी माओवादीले पनि पार्टीभित्र नयाँ सरकार र त्यसमा सहकार्यका लागि अन्य दलहरुको सहभागिताबारे छलफल गर्दैछ । माओवादीले कोइरालालाई राष्ट्रपति नमान्ने भनिसकेको छ । पछिल्लो पटक उसले एमालेका कुनै नेतालाई राष्ट्रपति बनाउने अनि कार्यकारी प्रधानमन्त्री आफ्नो पार्टीले लिने भन्ने धारणा बनाएको छ ।

No comments: