News

Jun 12, 2008

नारायणहिटीको सम्पति विवरण चाँडै सार्वजनिक गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी दरवारको सम्पति विवरण संकलन गर्ने समितिले आज प्रतिवेदनको अन्तिम रुप दिने भएको छ। समितिले तोकिएको समयावधि भित्र नारायणहिटीभित्र रहेका महत्वपूर्ण सम्पति विवरण संकलन गर्न नसिएपछि थप एक हप्ताको म्याद दिइएको थियो। पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छोड्नुअघि शाहवंशीय राजतन्त्रको विरासतको रुपमा रहेका श्री पेच र राजदण्ड सरकारलाई हस्तान्तरण गरेपछि सम्पति विवरण संकलन गर्न सहज भएको हो। समितिले दरवारभित्रका केही महत्वपूर्ण बस्तुवाहेक अधिकांश सम्पति विवरण संकलन गरिसकेको समितिका संयोजक सामान्य प्रशासन मन्त्रालयका सचिव गोविन्दप्रसाद कुसुमले जानकारी दिनुभएको छ। सरकारले जेष्ठ १६ गते कुसुमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरी नारायणहिटी राजदरवारको सम्पति विवरणको प्रतिवेदन बुझाउन १० दिनको सीमाअवधि उपलव्ध गराइएको थियो। निश्चित समयभित्र सम्पति विवरण संकलन गर्न नसक्दा एक हप्ताको म्याद थप गरिएको थियो।

No comments: