News

Jun 21, 2008

पदका लागि दलहरूबीच चर्को खिचातानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक गतिरोध फुकाउन नेकपा (एमाले) र नेकपा (माओवादी)बीच शक्ति बाँडफाँडमा सैद्धान्तिक सहमति भए पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नयाँ सरकार गठनका लागि निकास नदिएको भन्दै नेकपा (माओवादी) का मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्।
- माओवादी मन्त्रीद्वारा राजीनामा
- माओवादी-एमाले सहमति
- संविधानसभा बैठकको विलम्बप्रति आपत्ति
- कांग्रेस रुष्ट
राजनीतिक निकास दिने उद्देश्यले शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सात दलको बैठकमा राजनीतिक दलहरूबीच तीव्र मतभेद उत्पन्न भएको र प्रधानमन्त्री कोइरालाले राजीनामा दिन्छु’ भनेर पनि अनेक बखेडा गरेको भनी माओवादीले बैठकमै सरकार छोडेको जानकारी दिएको थियो।गएको पाँच दिनदेखि माओवादी अध्यक्ष प्रचण्डले आ�नो पार्टी तर्फाट सरकारमा प्रतिनिधित्व गर्ने सात जना मन्त्रीको राजीनामा खल्तीमै बोक्नुभएको थियो। अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचन परिणाम आएको दुइ महिना बितिसक्दा पनि नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र त्यस पार्टी सभापति एवम् प्रधानमन्त्री कोइराला गम्भीर बाधक भएको भनी बैठकमै सामूहिक राजीनामाको जानकारी गराउनुभएको थियो।माओवादीका लडाकूको समायोजन, शान्ति प्रक्रिया, संविधान संशोधन, शक्ति बाँडफाँडलगायतका प्रमुख विषयमा सातदलीय कार्यदलले तयार गरेको सहमतिको मस्यौदा शीष बैठकमा प्रस्तुत गरिए पनि त्यसमा सहमति हुन सकेन। कार्यदलले नै र्सवसम्मत रूपमा मस्यौदा तयार गर्न नसकेकाले ती सबै विषयमा आज शनिबार बिहान पुनः बस्ने बैठकमा छलफल हुने बताइएको छ।खास गरी एमाले र माओवादीबीच शक्ति बाँडफाँडमा सैद्धान्तिक सहमति भएपछि नेपाली कांग्रेस आक्रोशित भएको जनाइएको छ। प्रधानमन्त्रीको चेतावनीपूण मन्तव्य र नेपाली कांग्रेसले व्यवस्थापिका संसद्को हैसियतमा शुक्रबार बसेको संविधानसभा बैठकमा निर्वाह गरेको जबर्जस्त भूमिकाले राजनीतिक निकास होइन विवाद सिर्जना गर्न खोजेको स्पष्ट हुन्छ’ -सात दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी नेता देव गुरुङले भन्नुभयो।माओवादी र एमाले संसद्को बैठक आज नभए भोलि नै राख्नुपर्ने पक्षमा रहे पनि ज्येष्ठ सदस्यका हैसियतमा अध्यक्षता गरिरहनुभएका नेपाली कांग्रेसका सभासद् कुलबहादुर गुरुङले कार्यव्यवस्था बैठकमा प्रधानमन्त्री कोइरालाकै निर्देशनमा जबर्जस्ती असार ११ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको माओवादी र एमालेले आरोप लगाएका छन्।बैठक कहिले बोलाउने, बैठकको कार्यसूची के बनाउने, कति समय छलफल चलाउनेलगायतका हरेक विषयमा सबै दलका प्रमुख सचेतक, सचेतक रहेको कार्यव्यवस्था समितिको बैठकले निर्णय गरेबमोजिम गर्ने गरिएको छ।

No comments: