News

Jun 22, 2008

सशस्त्र प्रहरी गण शमसेरगंजका प्रहरी जवानहरु विद्रोहमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रासनमा भेदभाव गरिएको भन्दै बांकेको बागेश्वरी सशस्त्र प्रहरी गण शमसेरगंजका प्रहरी जवानहरुले शनिवार साँझदेखि गरेको विद्रोह अझै साम्य हुन सकेको छैन ।
सयौं सशस्त्र प्रहरी जवानहरुले आज दिनभरी नै गणलाई आफ्नो कब्जामा राखेका छन्। सशस्त्र प्रहरीको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतका डिआईजी राजकुमार राना घटनाका बारेमा थाहापाउने वित्तिकै शनिवार राति नै कोहलपुर आईपुगेका थिए। उनको टोलीले स्थितिलाई शान्तिपूर्ण ढंगले साम्य पार्ने प्रयत्न गरेपनि आन्दोलनकारी प्रहरी जवानहरुले सातदलका प्रतिनिधि, पत्रकार र मानवअधिकारवादीहरुको रोहवरमा आईजीपी र गृहसचिव बाहेकका अधिकारीसंग कुनै पनि किसिमको वार्ता नगर्ने बताएपछि डिआईजी रानाको वार्ता प्रयास विफल भएको थियो।आन्दोलनकारीहरुले गणलाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएका छन् र उनीहरुले गणका उच्चपदस्थ अधिकारीहरु विरुद्ध नाराबाजी पनि जारी राखेका छन्। गणभित्र रहेका निम्नस्तरका सबै प्रहरी कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले सिपाहीदेखि उच्च अधिकारीहरुको भान्छा एउटै हुनुपर्ने र उच्चअधिकारीहरुले निम्नस्तरका कर्मचारीलाई राम्रो बोली व्यवहार गर्नुपर्ने मूख्य माग राखेका छन्।
बागेश्वरी सशस्त्र प्रहरी गणमा करीव एक हजार प्रहरीहरुको दरबन्दी रहेको छ। यो देश भरीकै प्रहरी तालिमकेन्द्रहरुमा एक नम्वरमा गनिन्छ। शनिवार सांझ करीव ७ बजे खाना खाने समयमा निम्न र अधिकृतस्तरका प्रहरी कर्मचारीबीच विवाद भएपछि घटनाले उग्ररुप लिएको थियो। आक्रोशित निम्नस्तरका प्रहरी कर्मचारीहरुले अधिकृतस्तरका कर्मचारीमाथि आक्रमण सुरु गरेका थिए । सोही
क्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक हरिशंकर बुढाथोकी पनि घाईते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं पुर्‍याईएको छ भने केही प्रहरी अधिकृतहरु सम्पर्क बाहिर रहेका छन् । केहीलाई आन्दोलनकारीहरुले गणभित्रै नियन्त्रणमा लिई राखेका छन्।रासन प्रमुख प्रहरी निरीक्षक शेरबहादुर केसी, कयान्टिन मास्टर सई रमेश पाण्डे, टेलिफोन ईन्चार्ज सई दिलिप खडका र आर्थिक प्रशासन प्रमुख असई सूर्य ओली तनाव बढन थालेपछि शनिवार राति देखिनै ब्यारेक छाडेर भागेका छन्। नजिकैको बजारमा रहेका होटेलमा उनीहरु लुकेको आशंकामा आन्दोलनकारीहरुले खोजी गर्दा स्थानीय होटल सञ्चालक समेतले कुटाई खाएका थिए। यसैबीच, स्थितिलाई साम्य पार्न काठमाडौंबाट गृह मंत्रालयका प्रबक्ता मोदराज डोटेल र एआईजी नारायण पाण्डेको टोली बांके आईपुगेको छ।

No comments: