News

Jun 14, 2008

हतियारसहित समातिएका कार्यकर्ता, छुटाउन माओवादीद्वारा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हतियारसहित पक्राउ परेका आफ्ना साथीहरू छुटाउन नेकपा माओवादीले सुनसरी बन्द तथा पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । चार दिनअघि गस्ती प्रहरीको टोलीले स्थानीय नरसिंह गाविसबाट तीन थान पेस्तोल र सात राउण्ड गोली सहित रमेश यादव, रविन्द्र विजय र विदुर यादवलाई पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएपछि माओवादीले अनिश्चितकालिन सदरमुकाम इनरुवा बन्द तथा पूर्वपश्चिम राजमार्ग चक्काजाम गरेका हुन् ।माओवादी बन्द र चक्काजामका कारण लामो तथा छोटो दुरीका सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । माओवादीले आहृवान गरेको बन्दका क्रममा यो समाचार तयार पार्दासम्म कुनै अप्रिय घटना घटेको छैन । यसअघि, माओवादीका स्थानीय नेतासहितको समूहले हिजो जिल्ला प्रहरी कार्यालयमा घेराउ गरेका थिए ।

No comments: