News

Jun 19, 2008

वनमन्त्रीको व्यवहारको विरोधमा आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वन तथा भूसंरक्षण मन्त्री मातृकाप्रसाद यादवले ललितपुर जिल्लाका स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेमाथि दुर्व्यवहार गरेको भन्दै स्थानीय निकायका कार्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
मन्त्री यादवले स्थानीय विकास अधिकारी घिमिरेलाई शौचालयमा थुनेर दुर्व्यवहार गरेको आरोप लगाउँदै स्थानीय निकायका कार्मचारीहरुले आज देशभरका स्थानीय निकायहरु बन्द गर्ने घोषणा गरेका छन् ।
ललितपुरको सामुदायिक वनमा ढुङ्गा खानी सञ्चालन गर्न दिएको भन्दै मन्त्री यादवले जेठ ३ गते अधिकारीलाई मन्त्रालयको शौचालयमा थुनेको बताइएको छ । यसैगरी मन्त्री यादवले सरकारी कर्मचारीमाथी अमानवीय व्यवहार गरेको भन्दै जिल्ला विकास समिति ललितपुरका कार्यचारीहरुले हिजो कार्यालयको काम काज ठप्प पारेका छन् । कर्मचारीहरुले हिजो ललितपुरको जिल्ला वन कार्यालय तथा जिल्ला विकास समितिको कार्यालय ललितपुरमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनको क्रममा टायर जलाउने कार्यालयका झ्यालका शिशा फोड्ने काम भएका थिए। जिविस महासङ्घ र नेपाल निजामति कर्मचारी संगठन लगायतका कर्मचारी संगठनहरुले मन्त्री यादवले स्थानीय विकास अधिकारीलाई दुर्व्यवहार गरेर सामन्ती प्रवृत्ती देखाएको वताएका छन् ।

No comments: