News

Jun 12, 2008

दार्जिलिङमा बंगाली र गोर्खालीबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,बिर्तामोड
भारतको पश्चिम बंगालको सिलगुढी, नक्सलवाडी, बागडोगरालगायतका ठाउँमा बंगाली र नेपालीभाषी भारतीय नागरिकबीच बिहीबार झडप हुँदा करिब १ सय नेपालीभाषी घाइते भएका छन्। यस्तै नेपालीभाषीका ३ देखि ५ वटा घर बंगालीहरूले भत्काइदिएका छन्।दार्जिलिङ जिल्लाअर्न्तर्गतका ती क्ष्ँेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गत मंगलबारदेखि अनिश्चितकालीन बन्दको आयोजना गरेकोमा बिहीबारबाट ६० घण्टाका लागि सो संगठनले बन्द फिर्ता लिएको थियो। बन्दको समयमा स्थानीय तहमा कठिनाइ बेहोर्नुपरेको आरोप लगाउँदै मोर्चाको विरुद्धमा आमरा बंगाली र जनजागरण मञ्चले नेपालीभाषीविरूद्ध बिहीबारदेखि आक्रमण शुरू गरेका हुन्। उनीहरूको समूहले नेपालीभाषीलाई छानीछानी कुटपिट गरेको थियो। मोर्चा नेपालीभाषीको छुट्टै राज्यको माग गर्ने समूह हो। तर सो समूहले अनिश्चितकालीन बन्द भने छुट्टै राज्यको माग पूरा गराउन आयोजना नगरेको अरू नै आन्तरिक माग पूरा गर्न भएको जनाइएको छ।सिलगुढीका भारतीय पत्रकार प्रमोद गिरीले बिहीबार राति नेपाल समाचारपत्रलाई फोनमा जानकारी गराउनुभएअनुसार हिंसात्मक घटना नियन्त्रण गर्न भारतीय प्रहरीलाई गाह्रो परिरहेको छ।उनका अनुसार सिलगुढीछेउमा महानन्द नदीनजिक रहेको नेपालीभाषीको एउटा बस्तीमा आक्रमणकारीले आगो लगाउने प्रयास गरे पनि भारतीय प्रहरीले रोकेको थियो। सो समयमा भएको झडपमा नौ जना भारतीय प्रहरीसमेत घाइते भएका थिए।

No comments: