News

Jun 20, 2008

मेनपावर सञ्चालकहरु पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अबैध रुपमा मेनपावर सञ्चालन गरेको भन्दै प्रहरीले १५ जनालाई ठगी मुद्दा चलाएको छ। झापाको दमकमा विना इजाजत चलाएका ८ वटा मेनपावर कम्पनीका १५ जनालाई प्रहरीले छपामारी पक्राउ गरेको हो । गैह्र कानुनी रुपमा विदेश पठाउने कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले छापा मार्न आदेश दिएको जनाएको छ। यसरी पक्राउ पर्ने मेनपावर कम्पनीहरु दमक आसपासमा आफ्नो कार्य चलाउँदै आएको प्रहरीको दाबी छ । पक्राउ पर्नेहरुमा एइआइएसइ प्रा.लि.का सञ्चालक अरुण काफ्ले, रुवेल ओभरसीजका देउकुमार लिम्बू, खगेन्द्र गौतम, प्रेम श्रेष्ठ, हर्क घिसिङ्ग र दुर्गा चेम्जोङ रहेका छन् । त्यसैगरी सिवाकोटी ओभरसिजका लोकनाथ प्रसाईं, र्‍यापीड ओभरसीजका कमल दर्लामी र हेमराज दर्लामी, फक्तालुङ ओभरसिजका सुनिल थेबे, बज्र हुमन रिसोर्स प्रा.लि.का निर्मला शर्मा र नारायण योङहाङ, युके कन्सलटेन्सी प्रा.लि.का उमाकान्त न्यौपाने र चुलाचुली कन्सलटेन्सीका सन्तोस बुढाथोकी र आइताङ् सुब्बा रहेका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र नाथ भट्टराईले दिएको जानकारी अनुसार झापाका विभिन्न स्थानहरुमा अबैधरुपमा चलाइएको मेनपावर कम्पनीका ५० भन्दा बढी सञ्चालनकहरुलाई नियन्त्रणमा लिएको बताउनु भयो। प्रशासनले दमक र विर्तामोडमा दुई दिन यता छापामारी ५० भन्दा बढी सञ्चालकलाई नियन्त्रणमा लिएको बताएको छ । झापामा बैदेशिक रोजगार ऐन २०६४ अनुसार दुईवटा मात्र मेनपावर कम्पनीले इजाजत लिएका छन् । यसरी इजाजत पाउनेहरुमा अञ्जलि ओभरसीज र ग्लोबल प्लेसमेन्ट मात्र रहेका छन्। झापामा ५ दर्जन भन्दा बढी अबैध मेनपावर सञ्चालनमा आएको प्रहरीको दावी छ।

No comments: