News

Jun 22, 2008

नारायणहिटीमा परराष्ट्र मन्त्रालय सार्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रको कार्यालय रहेको सचिवालय भवनमा सरकारले परराष्ट्र मन्त्रालय राख्ने तयारी गरेको छ। नारायणहिटी दरबारको पश्चिमढोकासँगै रहेको दुइतले भवनमा सरकारले परराष्ट्र मन्त्रालय सार्ने तयारी गरिरहेको छ।परराष्ट्र मन्त्रालय रहेको शीतलनिवासमा राष्ट्रपति भवन बनाउने तयारी गरिएको थाहा भएको छ। भवन विभागको नक्सांकन र सिफारिसपछि सरकारले नारायणहिटी दरबारभित्र रहेको सचिवालय भवनलाई परराष्ट्र मन्त्रालय बनाउन लागेको हो’ -स्रोतले भन्यो।भुइँतलामा पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारसको कार्यालय रहेको ४४ कोठे भवनमा तत्कालीन दरबारको कार्य सञ्चालनका निम्ति एक दर्जन सचिवालय राखिएको थियो।२०२८ सालमा निर्मित सो भवनको दोस्रो तलामा स्वर्गीय राजा वीरेन्द्रको सचिवालय रहेको थियो। वीरेन्द्रको हत्यापछि पूर्वराजा ज्ञानेन्द्र र पुत्र पारसको कार्यालय भुइँतलामा राखिएको हो’ -स्रोतले भन्यो।सो भवनको सरकारले बिहीबार पनि नापजाँच गरेको थियो। भवनमा दरबार सञ्चालनको जिम्मेवारी पाएका राजाका प्रमुख पदाधिकारी शारदाप्रसाद प्रधानको कार्यालयसमेत रहेको थियो।ँमन्त्रिपरिषद्ले निर्णय गर्न मात्र बाँकी छ’, स्रोतले नेपाल समाचारपत्रसँग भन्यो- सरकारले परराष्ट्र मन्त्रालय र्सार्न सम्पर्ण तयारी पूरा गरिसकेको छ।’यसैबीच नारायणहिटी संग्रहालय प्रवेश र निस्कने बाटो छुट्टै हुने गरी सरकारले नारायणहिटी दरबार र त्रिभुवन सदनअगाडि दुइ स्थानमा बिहीबारदेखि घेराबन्दी गरेको छ।

No comments: