News

Jun 24, 2008

संविधान संशोधन प्रस्तावमा सहमति हुने सम्भावना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सात दलको बैठकमा सहभागि नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले बिधायिकामा लगिने संविधान संशोधन प्रस्तावमा सहमति हुने सम्भावना रहेको बताएका छन् । सात दल बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधन प्रस्ताव सात दलकै सहमतिमा बिधायिका बैठकमा जाने बताएका छन् । असार १० गते सिंहदरवारमा जारी सात दलको बैठकबाट बाहिर निस्किदै गर्दा बिजुक्छेले कुनै पार्टीले असहमति जनाउदै 'नोट अफ डिसेन्ट' लेखे पनि सहमतिमै प्रस्ताव लान प्रयास भइरहेको उल्लेख गरे । बैठकमा नेपाली कांग्रेसले सुरक्षा परिषदमा प्रमुख बिपक्षी दललाई राख्नुपर्ने अडान राखिरहेको पनि उनले जानकारी दिए । 'हामी त सुरक्षा परिषदमा सातै दललाई राख्ने पक्षमा छौं' बिजुक्छेले भने । सात दलको बैठकमा संविधान संशोधनबारे निर्णय भए मन्त्री परिषदले असार ११ गते हुने बिधायिकामा संविधान संशोधन प्रस्ताव लाने सम्भावना छ ।

No comments: