लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाजरकोटमा गत तीन महिनादेखि फैलिएको झाडापखाला नियन्त्रणभन्दा बाहिर गएको छ । झाडापखालाले महामारीको रूप लिँदै गएपछि सरकारी कर्मचारी गाउँ जान छाडेका छन् भने अन्य जिल्लाबाट समेत मान्छेको आवतजावत बन्द भएको छ ।जाजरकोटमा दिनहुँ झाडापखालाका बिरामी बढ्दै गएका छन् । झाडापखालाबाट अहिलेसम्म पाँच दर्जनभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ भने ६ हजार बढी गाउँले बिरामी परेका छन् । अधिकांश बिरामीको अवस्था चिन्ताजनक छ । जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले मर्नेहरूको संख्या यकिन गर्न सकेका छैनन् ।महामारी नियन्त्रणबाहिर गएपछि सरकारी तथा अन्य कामको सिलसिलामा सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारी गाउँ जान छाडेका हुन् । ती संस्थाले गाउँमा कार्यरत आफ्ना कर्मचारीलाई सदरमुकाम बोलाइसकेका छन् । कर्मचारी गाउँमा महामारीको डरले स्वास्थ्य सुरक्षाका लागि सदरमुकाम आउन थालेका हुन् ।गाउँमा खटिएका एक दर्जनभन्दा बढी कर्मचारीलाई नै झाडापखाला लागेपछि उनीहरू सदरमुकाम फर्किएका हुन् । झाडापखालाबाट लह-८ का ५५ वषर्ीय बाबुबहादुर खड्का र २५ वषर्ीय छोरा कालीबहादुर खड्का, ढिमे-२ मा २५ वषर्ीया आमा गौरी नेपाली र ६ वषर्ीया छोरी कालिका नेपालीको ज्यान गएको छ । मजकोट-४ का ३० वषर्ीया रूपा खड्का, पुन्मा-१ का ४८ वषर्ीय तीर्थ शाही र कार्ताग-४ का ६० वषर्ीय कुमार बस्नेतको बुधबार दिउँसो मृत्यु भएको छ । अहिलेसम्म जाजरकोटमा झाडापखालबाट मर्नेको संख्या ७१ पुगेको छ ।विकट गाउँमा महामारीको प्रकोप बढे पनि अहिलेसम्म स्वास्थ्यकर्मीको टोली र औषधी पुगेको छैन । ती गाउँमा बिरामीको औषधीउपचार नै नपाएर मृत्यु भएको मजकोटका स्थानीय सुरेन्द्रबहादुर सिंहले बताए ।पछिल्लो चरणमा जिल्लाको ३० वटै गाविसमा झाडापखालाको प्रकोप बढेको भए पनि बढी प्रभावित कोर्ताग, लह, पुन्मा, मजकोट, ढिमेलगायतका रहेका छन् । अहिले माहामारीका बिरामीहरू जिल्ला अस्पताल, स्थानीय स्वास्थ्य संस्था र निजी मेडिकलहरू उपचारका लागि खचाखच भरिएका छन् ।

No comments:
Post a Comment