News

Jul 14, 2009

किम जोङ इल प्राणघातक रोग क्यान्सरबाट पीडित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इल प्राणघातक रोग क्यान्सरबाट पीडित भएका छन् । आइताबार प्राप्त एक समाचारअनुसार गत वर्ष उनलाई हृदयाघात भएपछि उनको स्वास्थ्यस्थिति अति नै खराब छ भन्ने कुरा उनको अनुहारमै देखिन्थ्यो । ६७ वषीय किमलाई गत ग्रीष्मऋतुमा हृदयाघात भएकै आसपास स्वास्थ्य जाँच गर्दा प्यान्त्रियाजको क्यान्सर भएको पहिचान गरिएको थियो । दक्षिण कोरियाली टेलिभिजन वाइटिएनले दक्षिण कोरिया तथा चीनका अज्ञात गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै सो खुलासा गरेको हो ।
प्यान्त्रियाजको क्यान्सर सामान्यतः अन्तिम अवस्थातिर देखापर्छ । समाचारले किमको उमेरलाई दृष्टिगत गर्दा अब उनी पाँच वर्षभन्दा बढी नबाँच्ने ठोकुवा गरेको छ । दक्षिण कोरियाली जासुसी संयन्त्रले यस समाचारको पुष्टि गर्न भने सकेको छैन । उत्तर कोरियामा बढ्दो अस्थिरताको परिस्थितिमा किमले आफ्नो कुनै उत्तराधिकारीको छनोट गर्न नपाउँदै संसार त्यागेको खण्डमा शक्तिसंघर्ष हुन सक्ने भएकाले उनको स्वास्थ्यबारे सञ्चारमाध्यमका लागि चासोको विषय बन्न पुगेको छ । उनका तीन छोरामध्येका कान्छा किम जोङ उन उत्तराधिकारीका रूपमा उदीयमान भइरहेको चर्चा गरिए पनि सरकारका तर्फबाट कुनै घोषणा भने भइसकेको छैन ।
किमलाई क्यान्सर भएको समाचार उनी उत्तर कोरियाको संस्थापक आफ्ना दिवंगत पिता किम इल सुङको स्मृतिमा गत साता आयोजित एक वाषिर्क समारोहमा सार्वजनिक रूपमा देखापरेपछि बाहिर आएको हो । गत वर्ष दोस्रोपल्ट हृदयाघात भएपछि उनी दोस्रोपल्ट मात्र सार्वजनिक भएका थिए । टेलिभिजनका दृश्यमा उनी सार्‍है दुब्ला तथा केस खुइलिएका देखिन्थे । उनको हिँडाइ शिथिल थियो । उनका बेस्सरी बन्द गरिएका ओठका दुवैतिर असन्तुलन देखिन्थ्यो ।
सोलको उत्तर कोरियाली अध्ययनसम्बन्धी विश्वविद्यालयका प्रोफेसर याङ मु- जिनलाई भने किमलाई प्यान्त्रि याजको क्यान्सर भएको टेलिभिजनको समाचारमा शंका लागेको छ किनभने किमको भ्रमण निर्देशिका हेर्ने हो भने उनी यस वर्ष गत वर्षभन्दा धेरैपल्ट बढी काम गर्ने ठाउँको भ्रमणमा निस्के । 'प्यान्त्रि प्रश्न गर्छन् ।
उत्तर कोरियालाई नियालिरहने सोलको एकीकरण मन्त्रालयका अनुसार किम गत वर्ष ४९ पटक र यस वर्ष ७७ पटक कलकारखाना तथा अन्य स्थानमा घुमेका थिए । आफ्ना पिता ८२ वर्षको उमेरमा हृदयाघातबाटै दिवंगत भएपछि उनी १९९४ मा शक्तिमा आएका थिए । तर, उनले आफ्ना पिताले झैं राष्ट्रपतिको पगरी भने लिएनन् । बरु उनले राष्ट्रिय प्रतिरक्षा आयोगको सभापतिको हैसियतले काम गरे । अपि्रलको सुरुमा उनले संसद्को अध्यक्षता गरेका थिए र पुनः नेता चुनिएका थिए ।
दक्षिण कोरियाली एजेन्सीले किम जोङ इलले २०१२ मा किम इल सुङ जन्मशताब्दी समारोहका वेला आफ्ना छोरालाई उत्तराधिकारी घोषित गर्ने बताएको छ । तर, एक समाचारपत्रले उनका साला जाङ सोङ थाएकले सत्ता हत्याउन सक्ने भएकाले उत्तर कोरियाको आन्तरिक राजनीतिमा अस्थिरता बढ्न सक्ने आशंका गरेको छ ।

No comments: