News

Jul 16, 2009

ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीलगायत देशका प्रमुख शहरहरूको ट्राफिक व्यवस्थापनमा कठिनाइ उत्पन्न भएपछि आज बिहीबारदेखि ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गर्ने भएको छ। अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष२०६६/०६७ को बजेटमा ट्राफिक व्यवस्थापनलाई सरलीकरण गर्न, ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको चालक अनुमतिपत्र खिचेबापत २५ प्रतिशत रकम ट्राफिक प्रहरी कोषलाई दिने घोषणा गर्नुभएको थियो। राजधानीलगायतका देशका प्रमुख शहरमा चल्ने सवारीसाधनका चालकहरूले ट्राफिक नियम उल्लंघन गर्ने र राजनीतिक सोर्सफोर्सका आधारमा राजस्वसमेत नतिर्ने प्रकरण बढ्दै गएपछि सरकारले यस्ता कार्यलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले बढी अधिकार दिएको छ। सवारी नियम उल्लंघन गर्ने सवारीचालकलाई कारबाही गरेबापत राज्यले लिने राजस्वमा २५ प्रतिशत रकम थप गरी चालकबाट लिने र उक्त रकम ट्राफिक कल्याणकारी कोषमा जम्मा गरिने बताइएको छ।

No comments: