News

Jul 20, 2009

सप्तरीमा चौथो दिनपनि राजमार्ग अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

सप्तरी, साउन ८ - प्रहरीको गोली लागि मृत्यु भएका मृतक परिवारलाई क्षतिपूर्ति तथा दोषी प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीय संघर्ष समितिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी खण्डमा बिहीबार चौथो दिनपनि यातायात अवरुद्ध पारेको छ । उनीहरुको आन्दोलनमा समर्थन जनाउँदै कर्मचारी संघ संगठनले जिल्ला स्थित सरकारी कार्यालयको कामकाजपनि बुधबारदेखि ठप्प पारका छन् । एक साताअघि भारतबाट ल्याएको रासायनीक मलको विषयमा विवाद भई सप्तरी इटहरी विष्णुपुरमा गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । त्यस्तै, सरकारसंग भएको सहमति कार्यान्वयनको माग गर्दै पिछडा वर्ग महासंघले बिहीबारदेखि तराईबन्दको आव्हान गरेपनि त्यसको खासै असर परेको छैन । सप्तरीमा राजमार्ग अवरुद्ध गरेका पिछडा वर्गका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments: