News

Jul 11, 2009

सीमा अतिक्रमणलाई विषय बनाएर 'कालापानी' फिल्म निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतबाट नेपालको सीमा अतिक्रमणलाई मुख्य विषय बनाएर 'कालापानी' फिल्म निर्माण भइरहेको छ । हाल चितवनमा छायांकन भइरहेको यो फिल्ममा अतिक्रमणबाट पीडित नेपाली जनताको भावना समेटिने दावी फिल्मका निर्माण संयोजक किसान पोखरेलको छ ।यसअघि माओवादी जनयुद्ध सम्बन्धी आगो र जनयुद्ध फिल्म निर्माणमा संलग्न निर्माता किसान भारतको दादागिरीले नेपालीले दुःख पाएको तथा भारतको हेपाहा प्रवृत्तिबाट नेपाली जनता आजित भएका कारण फिल्ममार्फत जागरण ल्याउन यो फिल्म निर्माणमा जुटेको बताउँछन् । फिल्ममा पात्रको नाम प्रतिकात्मक रूपमा नेपालको सीमा किल्ला, काँगडा, टिस्टा आदि राखिएको छ भने भारतीय अतिक्रमणकारीको नाम जिल्ला सिंह छ ।उद्धव अविदितको निर्देशन रहेको यो फिल्ममा दीलिप रायमाझी, सञ्चिता लुइँटेल, गणेश उप्रेतीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । निर्माण युनिटले निखिल उप्रेतीलाई अभिनय गराउने दाबी गरे पनि निखिलले भने नभ्याउने बताउँदै आएका छन् ।

No comments: