News

Jul 10, 2009

रुकुममा झाडापखालाबाट शुक्रबार थप ६ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुम , असार २६ - रुकुममा झाडापखालाबाट शुक्रबार थप ६ जनाको मृत्यु भएको छ । जिल्लामा एक सातादेखि फैलिएको झाडापखाला नियन्त्रण नभएपछि थपको मृत्यु भएको हो । शुक्रबार जिल्लामा थप ६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ । मृत्यु हुनेहरुमा गोतामकोट ४ का हर्कवहादुर बोहरा,गोतामकोट ८ का शसिराम जैसी वाफिकोट १ को दिपक विक,गोतामकोट २ का नजरी वस्नेत, कालि विक, ३८ लालसरी विक रहेका छन । फोहर खाना, दुसित पानी र वढि मासुको प्रयोगका कारण झाडापखाला फैलिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद गिरीले बताए । रोगले महामारी रुप लिएका कारण चारदिन यता जिल्लामा २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गोतामकोट गाविसमा ११, स्यालाखदीमा ३, गरायलामा २ पुतिमकाँडामा २ मग्मामा १ र वाफिकोट गाविसमा १ जनाको मृत्यु भएको हो । जिल्ला अस्पताल रुकुममा दैनिक तिन दर्जन बढी झाडापखालाका विरामीहरु उपचारका लागि आउने गरेको कार्यालयले जनाएको छ । रोग नियन्त्रणका लागि डा. विनोद गिरीको अध्यक्षतामा महामारी नियन्त्रण तथा अनुगमन समिति गठन गरिएको छ । जसमा सरकारी कार्यालय, पार्टि प्रतिनिधी र संचारकर्मी सम्मिलित छन । रोग नियन्त्रणका लागि जिल्लामा स्वास्थ्यकर्मीको ३ टोली औषधीसहित प्रभावित क्षेत्रमा पुगेको छ । शुक्रबार दिउसो नेपाली शेनाको हेलिकप्टरवाट प्रभावित क्षेत्रमा औषधी पठाईएको छ । यसैगरी जाजरकोटसंग सीमा जोडिएको जगन्नाथ गाविस वडानं ५ का नैना वुढा क्षेत्री र लकान्द्र गाविस वडानं ४ का प्रलाद कार्कीको झडापखाला वाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय , द्रैलेखले जनाएकोछ । उक्त देवै गाउंमा तिन दर्जन वासिन्दा प्रभावित भए पछि तत्काल औष्धि सहित स्वास्थ्यकर्मी पठाईएको जनस्वास्थ्य प्रमुख डा गुणराज अवस्थी बताए ।त्यसैगरी जाजरकोटको विभिन्न गाविसमा फैलिएको झाडापाखालाले शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । धिमे गाविसका धनबहादुर नेपाली, जङगे चुनारा, करसिंह नेपाली, माने कसेरा, विजु सार्की रहेका छन् । यो संगै तीन महिनायता झाडापाखालाले मर्ने हरुको संख्या ६६ पुगेको छ । झाडापाखाला प्रभावित क्षेत्रमा अझै पनि स्वास्थ्य कर्मीको टोली पुग्न सकेको छैन् । प्रभावित क्षेत्र सदरमूकामबाट टाढा भएकाले स्वास्थ्यको कर्मी टोली गुग्न अझै केही दिन लाग्ने जिल्ला जनस्वास्थ कार्यालय जाजरकोटले ई-कान्तिपुरसँग बताए ।

No comments: