News

Jul 16, 2009

आममाफीप्रति विपक्षी पार्टीद्वारा शंका व्यक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेत्री सुकीलगायत पार्टीका अन्य नेतालाई थुनामुक्त गर्ने सैनिक सरकारको घोषणा शंकास्पद भएको एनएलडीले जनाएको छ ।संयुक्त राष्ट्रसंघका लागि म्यान्मारका राजदूत थान स्वेले राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा भएको राष्ट्रसंघका लागि विभिन्न मुलुकका राजदूतको जमघटमा सुकीलगायत राजनीतिक बन्दीलाई आममाफी दिने घोषणा गरेका हुन् ।राष्ट्रसंघका महासचिव वान की मुनले आगामी वर्षका लागि तय गरिएको राष्ट्रिय निर्वाचनअगावै नेत्री सुकीलगायत विपक्षी दलका नेतालाई रिहा गर्न माग गरेपछि राजनीतिक बन्दीलाई माफी दिने यो निर्णय आएको हो । राजनीतिक बन्दी मुक्त गर्नेसम्बन्धी समाचारको सरकारी सञ्चारमाध्यमले भने पुष्टि गरेका छैनन् ।एनएलडी प्रवक्ता न्यान विनले सरकारी घोषणाको स्वागत गरेका छन् । तर, विगतमा दिइएको आममाफी नगण्य रहेकाले अहिलेको घोषणा पनि उत्साहजनक नभएको टिप्पणी उनले गरे । ६ हजार तीन सय राजनीतिक बन्दीमध्ये अघिल्लोपटकको आममाफीमा केही बन्दीलाई मात्र थुनामुक्त गरिएको थियो ।

No comments: