News

Jul 10, 2009

सुशिल कोइरालाले सभापतिमा उम्मेदवारी दिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २६ - नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रिपोटर्स क्लवले शुक्रबार राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले उक्त कुरा बताएका हुन् । उनले पार्टीको महाधिवेशन कात्तिक मसिंर भित्र सम्पन्न हुने बताए ।सरकारको नीति तथा कार्यक्रममा एक परिवार एक रोजगार, गरिवसंग विशेश्वर, गणेशमान शान्ति अभियान, महिला जागरण अभियान लगायतका कार्यक्रम नसमेटिएकोप्रति उनले असन्तुष्टी प्रगट गरे । उनले वर्तमान सरकार सर्वदलीय सरकार भएकोले सबैलाई समावेश गर्नु अहिलेको आवश्यकता भएको बताए । राष्ट्रपतिले बिहीबार प्रस्तुत गरेका सरकारको नीति तथा कार्यक्रममा छुटेको विषयलाई प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा समेट्ने उनले विश्वास व्यक्त गरे । उनले दण्डहीनताको अन्त्य तथा शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार जिम्मेवार हुनुपर्ने बताए । माओवादीलाई सरकार चलाउने अवसर दिएपनि त्यसको सदुपयोग गर्न नसकेको भन्दै उनले अझै पनि माओवादीसंग सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।

No comments: