News

Jul 20, 2009

माओवादीका सभासद सहित १३ जनालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ५ - राजधानीको बालाजु क्षेत्रमा सवारी साधन तोडफोड र आगजनीको प्रयास गरेको भन्दै एकीकृत माओवादीका एक सभासद सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्थानीयको सहयोगमा सभासद सन्तमाया तामाङ सहितलाई पक्राउ गरेको हो । माओवादी सम्बद्ध ताम्सालिङले नुवाकोट र रसुवा बन्द भन्दै काठमाडौबाट त्यसतर्फ जाने र भित्रिने सवारी साधनमा वाईसीएल कार्यकर्ताले बालाजु क्षेत्रमा तोडफोड र आगजनी प्रयास गरेका थिए ।एउटा यात्रुबाहक माइक्रोबसमा आगजनी प्रयास गरेपछि प्रहरीले यात्रु र स्थानीयको सहयोगमा पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछिका बिभिन्न झडप र प्रदर्शनमा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक मिरा चौधरीले सडकमा ढुंगा थुपारेर प्रदर्शन गरिरहेकाहरुको समूहमा सभासद समेत देखिएपछि त्यसो नगर्न आफूले अनुरोध गरेको बताइन । उनले स्थानीयवासीलेनै केही प्रदर्शनकारीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको जानकारी दिइन ।

No comments: