News

Jul 20, 2009

'सेनामा समायोजन हुँदैन’ - गिरिजाप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर/ कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी लडाकु सेनामा समायोजन नहुने बताएका छन् । अनमिनद्वारा अयोग्य ठहरिएका लडाकुको पुनस्र्थापना कार्य सुरु भएकै दिन कोइरालाले आइतबार विराटनगरमा सञ्चारकर्मीसँग भने, '१२ बुँदे समझदारीमा लडाकुलाई समायोजन होइन, समाजमा 'एडजस्ट' गर्ने उल्लेख छ ।' समाजमा माओवादी लडाकुप्रति नराम्रो दृष्टिकोण रहेको दाबी गर्दै उनले भने, 'उनीहरूको सेनामा हैन, समाजमा इन्टिगे्रसन गर्ने हो ।'वर्तमान सरकारले संविधान बनाएर चुनाव गराउने दाबी गर्दै सभापति कोइरालाले समयमा संविधान बनाउने कार्यलाई कसैले नकार्न नसक्ने बताए । उनले माओवादीतर्फ लक्षित गर्दै भने, 'हात्ती हिँड्दै गर्छ, कुकुर भुक्दै गर्छ भनेझै संविधान निर्माण गर्नैपर्छ, यसलाई कसैले नकार्न सक्दैन ।'शनिबार आफूलाई माओवादी कार्यकर्ताले कालोझण्डा देखाएको घटनालाई स्वाभाविक रूपमा लिँदै कोइरालाले लोकतन्त्रमा विरोध गर्न पाइने बताए ।माओवादीमा परिवर्तन आइनसकेको उनको भनाइ थियो । त्यसको लागि आफू प्रयासरत रहेको बताउँदै कोइरालाले माओवादी सरकारमा आए सबैलाई राम्रो हुने उल्लेख गरे ।आफूहरूले सहमति, सहकार्य र एकताको मेकानिज्म तयार गरेको जानकारी दिँदै सभापति कोइरालाले त्यसमा माओवादीले सहमति जनाएको समेत दाबी गरे । प्रचण्डका पछिल्ला अभिव्यक्तिप्रति भने उनले अविश्वास व्यक्त गरे । 'माओवादीले जनतालाई र अन्य राजनीतिक दललाई विश्वास गर्न छाडेको छ, त्यसैले मैले पनि उसका अभिव्यक्ति पत्याउन छाडेँ ।'उनले माओवादी अध्यक्ष प्रचण्डलाई रंग, रूप र विचार बदल्न सुझावसमेत दिए ।

No comments: