News

Jul 11, 2009

हङकङबासीद्वारा कोसीपीडितका लागि सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
असार २७ - करिब १ बर्ष अगाडि कोशी बाढि पिडीतको लागि राहत स्वरूप संकलन गरिएको रकम आज जुलाई ९ तारिख २००९ का दिन हंगकंग नेपाली महासंघले नेपाली महावाणिज्य दुतावास कार्यालयको हातामा हंगकंग डलर एकचालिस हजार चार सय एकानब्बे र साठी सेन्ट (४१४९१.६०) हस्तान्तरण गर्यो । सो रकम महासंघका अध्यक्ष हेम लिम्बुले नेपाली महावाणिज्यदुत केशब प्रसाद भट्टराईलाई हस्तान्तरण गर्नु भएको थियो । सो रकम हंगकंगमा रहेको बिभिन्न नेपाली संघ-संस्था लगाएत महासंघ आफैले पनि कार्यक्रमको आयोजना गरी जम्मा गरिएको थियो । रकम बुझाउनको लागि केहि बिमती आए पछि रकम हस्तान्तरण गर्न ढिला भएको हो भनि अध्यक्ष लिम्बु भन्नुहुन्छ । बिमती चाहिं हंगकंग नेपाली महासंघले प्रधानमन्त्री कोषमा जम्मा नगर्ने आफै सिधै बुझाउने भन्ने थियो तर त्यो सम्भव नभए पछि अहिले आएर दुतावास मार्फत सो रकम बुझाएको हो । रकम हस्तान्तर कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि पत्रकार साथै महासंघका निवर्तमान अध्यक्ष हेजेन राईको उपश्थिति रहेको थियो । कार्यक्रम अनौपचारिक रुपमा महासंघका महासचिव बशन्त निरौलाले गर्नु भएको थियो भने महासंघका अध्यक्ष हेम लिम्बुले रकम हस्तान्तरण प्राबिधिक कारणले ढिलाई भएकोमा क्षमा याचाना गर्नु भएको थियो । यो रकम कसरी बाढिपिडीत सम्म पुग्छ भनि सोधिएको प्रश्नमा महावाणिज्यदुत केशव प्रसाद भट्टराईले संकलित रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप कोषको बैंक खातामा जम्मा हुन्छ भन्नु भयो । बाणिज्यदुत शुसिल लम्सालले यो रकम राहत कोषमा जम्मा भएको अल्टरनेट आए पछि महासंघलाई जानकारी गराइने लिम्वूवान सम्वादांताको एक प्रश्नको जवाफमा भन्नुभयो ।

No comments: