News

Jul 20, 2009

पाँच वर्षमा सात जहाज किन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्यटन वर्ष-२०११ लाई लक्षित गर्दै नेपाल वायु सेवा निगमले थप जहाज ल्याउने भएको छ ।आइतबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीले पाँच वर्षभित्र सातवटा नयाँ विमान खरिद तयारी भइरहेको बताए । नेपाल वायु सेवा निगमले पाँच वर्षभित्र सातवटा विमान खरिद गर्ने योजना तयार गरिएको भण्डारीको भनाइ छ ।दुई विमान खरिदका लागि टेन्डर आह्वान गरिएअनुरूप दुई कम्पनी बोइङ र एयरबस तथा दुई एजेन्टले आवेदन दिएकोमा कम्पनीलाई प्राथमिकतामा राखिएको भण्डारीले बताए । बोइङ र एयरबसको आवेदनलाई जुलाई महिनाभित्र टुंगो लगाइने उनको भनाइ छ । यसैगरी, भण्डारीले सरकारका राजनीति नियुक्तिहरूले पनि असर नपार्ने गरी विमानस्थलमा सुधार प्रक्रिया अगाडि बढाएको बताए । त्रिभुवन विमानस्थलमा राडर प्रणालीमा थप सुधारका ल्याउनुका साथै बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई गति दिने उनको भनाइ छ ।

No comments: